News Portal

  • भक्तपुरमा नेता पोखरेलको प्रष्टोक्ति : अध्यादेश एमाले फुटाउन होइन, संविधान जोगाउन ल्याइयो

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ११ भदौ
    १६४१ पटक
    lilamani pokharel at bhaktapurभक्तपुर, ११ भदौ

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य लिलामणी पोखरेलले सरकारले दल सम्बन्धमा ल्याएको अध्यादेश संविधान रक्षाको लागि भएको जिकिर गरेका छन् । उक्त अध्यादेश नेकपा(एमाले)लाई फुटाउन नभई एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिगमन र निरंकुशताबाट देशलाई बचाई संविधानको रक्षा गर्न ल्याइएको उनले जिकिर गरेका हुन् ।

    ”हतियारले अर्कालाई हान्दै हिडे त्यो नाशक हुन्छ तर आफ्नो आत्मसुरक्षाको लागि प्रयोग गरे त्यो रक्षक बन्छ । अहिलेको अध्यादेश नाशक होइन, रक्षक हो । संविधानको रक्षाको लागि अध्यादेश ल्याउनुको बिकल्प सरकारसंग भएन ।” उनले भने । बरिष्ठ नेता माधव नेपालको नेतृत्वमा एमालेका क्रान्तिकारीहरु ओलीबाट अलग्गीनु पार्टी एकताको उपलब्धी भएको समेत उनको भनाइ छ  ।

    नेता पोखरेलले नेकपा (एमाले) संग लामो समय मिलेर बस्न सकिदैन भन्ने थाहा हुँदाहुँदै उतिबेला पार्टी एकता गर्नुपरेको पनि बताएका छन् । पार्टी एकता दीर्घकालीन सोचले नभई पार्टीको रणनीतिक योजना भएको उनले खुलासा गरेका हुन् ।

    बिहीवार साँझ भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नम्बर ४ को वडा भेलालाई सम्बोधन गर्दै नेता पोखरेलेले एमालेसंगको एकता एउटा अल्पकालीन सम्झौता भएको भनेका छन् । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली यथास्थितिवादी र प्रतिगामी भएको पहिल्यै प्रष्ट भएपनि उनी नै एमालेका अध्यक्ष भएको र उनीबिनाको एकता सम्भव नभएकाले पार्टी एकतामा ओलीलाई नेता मान्नु परेको उनको भनाइ छ । ”ओलीसंग लामो समय संगै जान सकिदैन भन्ने थाहा थियो तर, परीवर्तनको रक्षा र संविधानको कार्वान्वयन गर्न एमाले भित्रका क्रान्तिकारीहरुको साथको आवश्यकताले गर्दा पार्टी एकता एक अपरिहार्य अवस्था थियो ।” नेता पोखरेलले प्रष्ट पारे ।

    एमाले अध्यक्ष ओली गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशी सामानुपातिक प्रणाली, आर्थिक सामाजिक रुपान्तरण र संविधान कार्यान्वयनका बिरोधी भएको कुरा एमालेका नेताकार्यकर्तालाई बुझाउन पार्टी एकता उत्तम बिकल्प बनेको उनको दावी छ ।

    कार्यक्रममा नेता पोखरेलले बिद्रोही शक्ति राजनीतिको मूख्य नेतृत्वमा रहेको विश्वकै बिरलै घटना नेपालमा भएको भन्दै यसलाई विश्व राजनीतिले नियालिरहेको दावी गरे । माओवादी केन्द्रमाथि देशीबिदेशी प्रतिक्रियाबादीको आखा पर्नुका कारण यही भएको उनको भनाइ छ । पछिल्लो समय आफूहरुले बलियो कम्युनिष्ट पार्टी बनाउन खोज्दा उल्टै ओलीलाई प्रयोग गरी आफूहरुलाई सिध्याउने दुस्प्रयास गरिएको उनले आरोप लगाएका छन् ।

    एमालेको ओली पक्षसंग मतभेद हुनुमा उनी सच्चा कम्युनिष्ट नरहेको तथा उनको प्रतिगामी र निरङ्कुश बन्न खोज्ने महत्वकांक्षा कारक रहेको भन्दै नेता पोखरेलले ओलीको कथित राष्ट्रबादको खोल खुस्किसकेको र उनी जनतामाझ नांगीसकेको जिकिर गरे । अब सच्चा कम्युनिष्टहरुको केन्द्र बनाएर राष्ट्रवाद, जनतन्त्र र जनजीविकाको पक्षमा सशक्त ढंगले लाग्नुपर्ने उनको भनाइ रहेको छ ।

    उक्त अवसरमा नेता पोखरेलले समाजवादी क्रान्ति सफल पार्नुपर्नेमा जोड दिदै त्यसका लागि नयाँ ढंगले संगठन निर्माण गर्नुपर्ने आवश्यकता औलायाए । ठुला ठुला संगठनका सट्टा साना संगठन तर धेरैवटा संगठन बनाउन निर्देशन दिदैं नेता पोखरेलले संगठन भारीभरकम नभई बिचारको मन्थन गर्न सक्ने चुस्त दुरुस्त बनाउनु पर्ने बताए ।

    कार्यक्रममा नेता पोखरेलले एमसीसी नेपालको सार्वभौमिकतामाथि चुनौती भएको समेत प्रष्ट पारे । एमसीसी नेपाललाई सहयोगको निहुमा चीन हान्ने अमेरिकी योजना भएकोले यसले नेपाललाई युद्धभूमि बनाउने खतरा रहेको र आफूहरु एमसीसीको बिरोधी भएको उनको भनाइ छ ।

    निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी पास गर्न खोज्दा पार्टी विभाजन भएको र उनी पदच्युद समेत हुनुपरेको प्रसंग प्रेश गर्दै उनले वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवालाई पनि देशलाई घात हुनेगरी एमसीसी पास गर्न नदिने आफूहरुको अडान यथावत रहेको प्रष्ट पारे । उनले एमसीसीको बिरोध गर्दा आफना नेता एवं निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सुनियोजित तरीकाले फसाएर सभामुखबाट हटाइएको र वर्तमान सभामुखलाई समेत अनेक धम्कीहरु आइरहेको बताए ।

    स्थानीय नेता गुणकृष्ण श्रेष्ठको अध्यक्षतामा संचालित नगरसभामा पार्टीका भक्तपुर इन्चार्ज दिलिप प्रजापति भिष्म, अध्यक्ष डिपी ढकाल, नगर इन्चार्ज कृष्णलाल गोजा, नगर अध्यक्ष विजय श्रेष्ठ लगायतले माओवादीको ठुलो बलिदानीबाट प्राप्त परीवर्तनको रक्षाको जिम्मेवारी बहन गर्न माओवादीहरु बलियो रहिरहनुको बिकल्प नरहेको बताउँदै सशक्त संगठन निर्माणमा जोड दिएका थिए । उक्त अवसरमा मध्यपुर थिमी वडा नम्बर ४ को वडा भेलाबाट प्रदिप श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी र सुशील श्रेष्ठको नेतृत्वमा वडाको २३ सदस्यीय वाइसिएल कमिटी समेत निर्वाचित गरिएको नगर संयोजक विजय श्रेष्ठले बताए ।

     

    प्रतिकृया दिनुहोस्

    यो सरकार काण्ड खोतल्न होइन, मिलाउन बनेको हो : पूर्व प्रधानमन्त्री प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न...

    काठमाडौंमा माओवादी केन्द्रको खबरदारी सभा

    नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा खबरदारी सभा गरिरहेको छ । सुन्धाराबाट जुलुससहित आएको र्याली प्रदर्शनी...

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान...

    भक्तपुरकी सिडिओ श्रेष्ठको सरुवा

    roshani shreshtha cdo

    भक्तपुरकी सिडिओ रोशनीकुमारी श्रेष्ठको सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रवार उनको सरुवा गरेको हो...

    स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरमा पन्चाङ्ग निर्णय

    Tihar

    यस वर्षको स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरले पन्चाङ्ग निर्णय गरेको छ । भक्तपुर...