News Portal

  • मेयरलाई फोहोर उपहार

    बुद्धशरण शाही/ भक्तपुरपोस्ट भक्तपुर, १४ भदौ
    ९५३ पटक
    भक्तपुर, १४ भदौ

    युथ काँग्रेस नेपालले काठमाडौं महानगरपालिकाका मेयरलाई फोहोर उपहार दिएका छन् । महानगरले फोहोर उठाउन नसकेको बिरोधमा मेयरलाई फोहर उपहार दिइएको हो ।

    महानगरपालिकाका सडक र चोक केहि दिनदेखि थुप्रिएको फोहोरले दुर्घन्धित भएको भन्दै सोमबार युथ काँग्रेस नेपालले महानगरपालिकाको कार्यालय बागदरवार पुगेर ढोकामै बिभिन्न स्थानबाट संकलित फोहर खन्याएका हुन्। सो समुहले यथासिघ्र थुप्रेका फोहर ब्यबस्थापन हुनु पर्ने माग राखेका छन् । युथ कांग्रेस नेपाल नेपाली काँग्रेस पार्टी निकट युवाहरुको संगठन हो । नेपाली काँग्रेसको सिद्धान्तलाई अङ्गीकार गरेपनि यो भातृसंगठन भने होइन ।

    यसैबीच, सोमबार नै प्रधानमन्त्री शेरबाहादुर देउवाले महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीलाई बोलाइ तत्काल फोहोर व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।

    काठमाडौँ महानगरपालिका मेयर बिद्या सुन्दर शाक्यले भने संचारकर्मीसंग कुरा गर्दै सडक र चोकमा केही दिनदेखि थुप्रिएको फोहोर छिट्टै व्यवस्थापन हुने वताएका छन् । बञ्चरे डाँडामा निर्माणधिन स्यानिटरी ल्याण्डफिल्ड साइट र सिसडोल ल्याण्डफिल्ड साइटको स्थलगत रिपोर्टिङ गरेर फर्किएका सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख शाक्यले यस्तो बताएका हुन् ।

    वर्षाका कारण विग्रिएको बाटोका कारण सिसडोलसम्म जाने बाटो बिग्रेको र बनाउन केही समय लाग्ने भएकाले तत्काल केही दिनका लागि घर वा कार्यालयमा उत्पादन भएको फोहोर जथाभावी सडकमा नमिल्काउन र कुहिने र नकुहिने फोहोर छुट्याएर सकेसम्म सहरको दुर्गन्ध कम गर्ने प्रयासमा लाग्न सम्पूर्ण महानगवासीलाई प्रमुख शाक्यले अनुरोध समेत गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...