News Portal

  • माओवादी केन्द्रको भक्तपुर सह इन्चार्जमा नेता श्रेष्ठ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १९ भदौ २०७८
    २२६२ पटक
    भक्तपुर, १९ भदौ २०७८

    नेकपा(माओवादी केन्द्र)ले भक्तपुरको सह इन्चार्जको जिम्मेवारी नेता देवेन्द्र श्रेष्ठ दिवाकरलाई दिएको छ । नेकपाबाट विभाजित भएसंगै रिक्त रहेको माओवादी केन्द्रको भक्तपुर सह इन्चार्जको जिम्मेवारी दिवाकरलाई दिइएको हो ।

    पार्टीको शुक्रवार बसेको बागमती प्रदेश कमिटीको पूर्ण बैठकले नेता देवेन्द्र श्रेष्ठ दिवाकरलाई भक्तपुर जिल्लामा सह इन्चार्जको जिम्मेवादी प्रदान गरेको भक्तपुर इन्चार्ज दिलिप प्रजापति भिष्मले पुष्टि गरे । प्रदेश अन्तर्गत १३ वटै जिल्लामा सह इन्चार्ज थपिएका र भक्तपुरको सह इन्चार्जमा बागमती प्रदेश सचिवालय सदस्य समेत रहेका नेता देवेन्द्र श्रेष्ठ दिवाकर चयन भएका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज प्रजापतिले जानकारी दिए ।

    प्रदेश कमिटीको पूर्ण बैठकको अवसरमा केन्द्रीय अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले निर्देशनात्मक प्रशिक्षण समेत प्रदान गरेका बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...