News Portal

  • विष भनी थाहाँ पाइकन खाए के हुन्छ ? एमसीसी त्यही हो : सांसद सुवाल

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २५ भदौ २०७८
    ३९१९ पटक
    भक्तपुर, २५ भदौ २०७८

    नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवालले एमसीसी विष भएको बताएका छन् । एमसीसी विष भएको र यो सम्झौता गर्नु देशघाती रहेको उनको दावी छ ।

    एमसीसी सम्झौता गर्नु नहुने तर्क गर्दै उनले शुक्रवार संसद समक्ष भने, ” विष भनी थाहाँ पाइकन खाए के हुन्छ ? एमसीसी त्यही हो ।” एमसीसी अधिकारीहरुले सय थरी कुरा गर्दै फ़काइरहेको खुलासा गर्दै सांसद सुवालले उनीहरुको कुरामा फस्नु नहुनेमा जोड समेत दिए ।

    उनले एमसीसीको बिरोध गर्न शान्तिपूर्ण र्यालीमा रहेका आफ्ना कार्यकर्तामाथि प्रहरी दमन गरी प्रधानमन्त्री शेर बहादुइर देउवा र गृह मन्त्री बालकृष्ण खाणले अमेरिकी सरकारलाई खुशी पार्न खोजेको आरोप लगाए । आफ्ना कार्यकर्ता कृष्णप्रसाद दुमरुको टाउको फुटाएको र दर्जनौ कार्यकर्तालाई गम्भीर घाइते बनाएको बताउदै उनले प्रधानमन्त्री देउवा र गृहमन्त्री खाणलाइ उक्त आरोप लगाएका हुन् ।

    उनले विरोध गर्न पाउने जनताको संवैधानिक अधिकारको हनन नगर्न खबरदारी समेत गरेका छन् । ”सडकमा एमसीसीको बिरोध गर्नु नहुने भए नेपाली काँग्रेसको पार्टी कार्यालयमा गर्नु पर्ने हो ?” उनले प्रश्न गरे । सांसद सुवालले एमसीसी पास गर्न खोज्ने दलका नेताहरु अफगानी राष्ट्रपति जस्तै देश छोडेर भाग्नुपर्ने अवस्था आउनसक्ने समेत उद्घोष गरे ।

    शुक्रवार नेकपा एमालेका सांसदको बिरोध र नाराबाजीका बाबजुद चलेको संसदमा सांसद सुवाल रोष्टममा पुग्न भने पाएनन् । उनले यथास्थानबाट आफ्नो कुरा राखेका थिए ।

    यो पनि

    एमालेको अवरोधकाबीच आर्थिक अध्यादेश स्वीकृत, नेमकिपाका सांसद सुवाल रोस्टममै पुग्न पाएनन्

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...