News Portal

  • बस्नेतको अध्यक्षतामा बन्यो एकीकृत समाजवादीको भक्तपुर जिल्ला कमिटी

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २६ भदौ
    २४७६ पटक
    भक्तपुर, २६ भदौ

    नेकपा (एमाले) विभाजन भई बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीको भक्तपुर जिल्ला अध्यक्षमा युवा नेता श्यामसुन्दर बस्नेत चयन भएका छन् । बस्नेतको अध्यक्षतामा एकीकृत समाजवादीले ७७ सदस्यीय भक्तपुर जिल्ला संगठन कमिटी गठन गरेको हो ।

    विद्यार्थीबाट राजनीति शुरु गरेका बस्नेतले शुरुबाटै नेपाल समूहको बैचारिक धार बोकेका थिए । नेकपा (एमाले) भक्तपुरको प्रचार बिभाग प्रमुख समेत रहेका उनी माओवादी केन्द्र संग एकता पछि बनेको नेकपामा भने जिल्ला सदस्य मात्र रहेका थिए ।

    युवा नेता बस्नेत एमाले भित्रको अन्तर संघर्षको समयमा नेपाल -खनाल पक्षले बनाएको तत्कालिन समानान्तर कमिटीमा भक्तपुर जिल्लाको सचिव रहेका थिए । त्यतिबेला भक्तपुरको अध्यक्ष रहेका रजन केसीले पार्टी विभाजनपछि एमालेमै रहने निर्णय गरेपछि सचिव बस्नेतलाई अध्यक्ष बन्ने बाटो खुलेको बताइएको छ । यद्यपी, त्यतिबेला पनि केसी र बस्नेतबीच अध्यक्ष को बन्ने भन्ने विषयमा रस्साकस्सी रहेको थियो ।

    तत्कालिन समानान्तर कमिटीलाई नै पुनर्गठन गरी नेकपा (एकीकृत समाजवादी) ले भक्तपुरमा अध्यक्ष बस्नेतको नेतृत्वमा ७७ सदस्यीय जिल्ला कमिटी बनाएको हो । शनिवार ठिमीस्थित एक पार्टी प्यालेसमा आयोजित भेलामा एकीकृत सामजवादीले बस्नेतको नेतृत्वमा जिल्ला नेतृत्व टुंगो लगाएको पार्टी निकट पत्रकार संगठनका नेता दिनेश कार्कीले जानकारी दिए । उनले दिएको जानकारी अनुसार उपाध्यक्षमा पेमानन्द लाल श्रेष्ठ , सचिवमा पुरुषोत्तम लामिछाने, सहसचिवमा रामगोपाल चौगुठीलाई चयन गरिएको छ ।

    त्यसैगरी सदस्यहरुमा राजेन्द्र श्रेष्ठ, बिनोद केसी, ज्ञानेन्द्र थापा, बिष्णु कायस्थ, बासुदेव खड्का, शान्ति खड्का, नवराज काफ्ले, निराकार भारती, मोहन पौडेल, सुमन केसी, बलराम बमेगटि (मिजार), सन्जिब लामिछाने, रीता अवाल, एम बि दुमरु, नारायण बहादुर नायभा, सर्वज्ञरत्न बज्राचार्य, लक्ष्मी प्रसाद श्रेष्ठ, डा राजेन्द्र कोजु, न्हुछे प्रजापति, कृष्ण प्रसाद भेले, दिपकराज खत्री, केशब खत्री, बिष्णु गुमांजु, लोककृष्ण दाहाल, हेमन्त खड्का, राजेश सिंह देउजा, पृथ्बीराम सुवाल, दिलिप केसी, सरस्वती घिमिरे, कमल न्यौपाने, ध्रुब न्यौपाने, केपी अर्याल, निरब थापा, विकास कार्की , उत्तम परियार, दिपक थापा, खुमानन्द ज्ञवाली, चन्द्र बहादुर तामांग, सबिना खत्री, तेजकृष्ण श्रेष्ठ, राजन गोसाई, प्रदिप बस्नेत, केबी मगर, झपट भण्डारी, राजभाई जयना, श्याम श्रेष्ठ, बिष्णु सुबेदी, पुन्यरत्न रंजित, पूर्णहरि श्रेष्ठ, अमर पौडेल, लक्ष्मी श्रेष्ठ, चन्द्र नारायण श्रेष्ठ, देवराज न्यौपाने, श्याम चौलागाई,माधब ज्ञवाली,दिनेश कार्की, लालबहादुर रोकाया, माधब ढकाल, शुशिला श्रेष्ठ, चित्र बहादुर अछामी, कविता चापागाईं, निर्माण पोखरेल, गोपीकृष्ण लामिछाने ,तर्कबहादुर शाही, नबिन प्रकाश श्रेष्ठ, दिलिप बस्नेत, गोविन्द न्यौपाने, राम बहादुर कार्की, छन्दविज्ञान निरौला, कृष्ण भक्त पा श्रेष्ठ र रचना लाखेमरु रहेका छन् । अन्य पदाधिकारी र सचिवालय सदस्य भने जिल्ला कमिटीको बैठकले निर्णय गर्ने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...