News Portal

  • भक्तपुरमा ६ जना निवृत्त शिक्षक सम्मानित

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर,२६ भदौ २०७८
    १०५३ पटक
    भक्तपुर,२६ भदौ २०७८

    भक्तपुरका ६ जना निवृत्त शिक्षक सम्मानित भएका छन् । सेवा निवृत्त भएका शिक्षकहरु गोविन्दबहादुर सुवेदी, मुकुन्दबहादुर कर्माचार्य, सरोजकुमार दत्त, आशबहादुर प्रजापति, सुरेन्द्रबहादुर सिंह र शारदा कर्माचार्य सम्मानित भएका हुन् ।

    सेवा निवृत्त शिक्षक समाज भक्तपुरले शनिबार आफ्नो दोश्रो वार्षिक साधारणसभाको अवसरमा उनीहरुलाई सम्मान गरेको हो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सम्मान पत्र तथा दोसल्ला ओढार्ई उनीहरुलाई सम्मान गरेका थिए ।

    कार्यक्रममा प्रमुख प्रजापतिले जीवनभर शिक्षण पेशामा लागेका शिक्षकहरु ज्ञान र शीपका खानी भएका भन्दै उनीहरुले आफनो ज्ञान र शीप निवृत्त भएपछि पनि देश र जनताका लागि समर्पित गर्नु पर्नेमा जोड दिए । नगरपालिकाले शिक्षामा गरेको प्रगति देशैभरीका स्थानीय तहका लागि अनुकरणीय रहेको दावी गर्दै उनले आफूहरुले धेरै काम गर्न खोजेपनि सरकारले सहयोग नगरेकोको भन्दै दुख व्यक्त गरेका थिए ।

    समाजका अध्यक्ष नाति कवां, सचिव रामगोपाल कर्माचार्य, कोषाध्यक्ष विश्वराम कवा, बालमुकुन्द बासुकला, लक्ष्मीनारायण दुवाल, वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छालगायतले आफूहरु अहिले पनि सबल भएको भन्दै सबल भएसम्म आफूहरु सक्रिय रहने बताए । ‘हामी अझै सबल छौं’ भन्ने नाराका साथ दुई वर्ष अघि निवृत्त शिक्षक समाजको स्थापना गरिएको हो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...