News Portal

  • एमालेसंग चुनाव चिह्न बाहेक केहि बाँकी छैन : दाहाल

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १ असोज २०७८
    १११५ पटक
    भक्तपुर, १ असोज २०७८

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं बागमती प्रदेश अध्यक्ष नारायण दाहालले नेकपा (एमाले)संग चुनाव चिह्न बाहेक केहिपनि बाँकी नभएको बताएका छन् । नेकपा (एमाले)भित्रका बैचारिक शक्ति बाहिरिसकेको बताउदै अध्यक्ष दाहालले अव एमालेसंग चुनाव चिह्न बाहेक केहि बाँकी नरहेको बताएका हुन् ।

    मार्क्सवादी विचारक भनिएका नेता घनश्याम भुसाल र आशा गरिएका युवा नेता योगेश भट्टराई पनि एमालेमा रहनु चुनाव चिह्न मोह मात्र भएको उनको भनाइ छ । नेता भुसालले चुनाव चिह्नकै कारण एमाले छाड्न नसकिने बताएका समेत उनले खुलासा गरे । बिहीवार मध्यपुर थिमि वडा नम्बर ५ को वडा भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले उक्त खुलासा गरेका हुन् ।

    कार्यक्रममा उनले नेकपा (एमाले)संगको एकता समाजवादी क्रान्ति पूरा गर्ने उदेश्यले गरिएको जिकिर गर्दै केपी ओलीको इगोको कारण पार्टी विभाजित बनेको बताए । प्रचण्ड परिवर्तनको नायकको रुपमा रहेको ओलीलाई पटक्कै मन नपरेको भन्दै अध्यक्ष दाहालले सोही कारण उनले परिवर्तनलाई खारेज गर्नखोज्ने दु:शाहस देखाएको दावी गरे । प्रचण्ड भन्दा माथिल्लो नेता बन्ने इगोले ओली इतिहासमा खलपात्रको रुपमा उदाएको उनको आरोप छ ।

    ” ओलीले दुई दुई पटक संसद बिघटन गरेर प्रतिगमन मात्र गरेनन, संघीय लोकतान्त्रिक गणतन्त्रकै बिघटन गर्न प्रयास गरे ।” उनले भने । नेता दाहालले आफ्ना पार्टी अध्यक्ष प्रचण्ड डाइनामिक लिडर भएको भन्दै कम्युनिष्टको नाममा प्रतिगामी कदम चाल्ने ओलीहरूलाई एक्ल्याएर बाम लोकतान्त्रिक गठबन्धन बनाउन सफल भएको समेत प्रष्ट पारे ।

    उक्त अवसरमा अर्का केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज दिलिप प्रजापति भिष्मले एमालेलाई कम्युनिष्ट पार्टी बनाउन पार्टी एकता गरिएको भएता पनि अध्यक्ष ओलीले रुप बदल्न नचाहँदा एमाले एक्लिएको जिकिर गरे ।आफ्नो पार्टी देशको सच्चा क्रान्तिकारी कम्युनिष्ट पार्टी भएको जिकिर गर्दै उनले एमालेले एकतामा धोका दिएको भएतापनि सम्पूर्ण कम्युनिष्टहरुलाई मिलाएर एउटै कम्युनिष्ट पार्टी बनाउने उदेश्य यथावत रहेको बताए ।

    माओवादी केन्द्रकै कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्था स्थापना भएको भन्दै उनले अबको कार्यदिशा राष्ट्रिय पूजीपति वर्गको नयाँ ढंगले रक्षा गर्दै समाजवादी व्यवस्था तर्फ उन्मुख रहेको समेत जानकारी गराए ।

    उक्त अवसरमा पार्टीका बागमती प्रदेश सचिवालय सदस्य एवं भक्तपुरका अध्यक्ष डिपी ढकालले माओवादी केन्द्रले राजनीतिक मात्र नभई देशमा आर्थिक सामाजिक रुपान्तरण गरेको दावी गरे । आफ्नो पार्टीका कारण उत्पीडनमा पारिएका नागरिकले समान अवसर पाएका जिकिर गर्दै सबैखाले विभेदको अन्त्य गर्ने पार्टी माओवादी केन्द्र नै भएको उनले दावी गरे । उनले देशलाई माया गर्ने मानिस माओवादी हुनुको बिकल्प नभएको समेत बताए ।

    उक्त अवसरमा भक्तपुर अध्यक्ष ढकालले माओवादी केन्द्र छोडेर अन्य पार्टीमा जानुलाई आफै माथि गरिने धोकाको संज्ञा दिएका छन् । उनले बाटो बिराएर गन्तव्यमा पुग्न नसकिने बताउदै अन्य पार्टीमा गएकालाई घर फर्कन आह्वान समेत गरे । पार्टीले कुनै पूर्वाग्रह नराखी व्यवहार गर्ने भन्दै उनले कम्युनिष्ट पार्टीको झण्डालाई सिंगान पुस्ने टालो बनाउनेहरुको पछि लागेर कम्युनिष्ट आन्दोलन कमजोर पार्नु नहुने जिकिर गरे ।

    कार्यक्रममा पार्टीको बागमती प्रदेश सचिवालय सदस्य एवं बागमती प्रदेश सभा सदस्य प्रतिमा श्रेष्ठले आफूले प्रदेश सरकार मार्फत थिमिको बिकास निर्माणका योजनाहरुमा बजेट व्यवस्था गरिरहेको बारे प्रकाश पारेकी थिइन् । उनले मध्यपुर जनयुद्धको कठिन अवस्थामा समेत पार्टीको आधार इलाकाको रुपमा रहेको स्मरण गर्दै उतिबेला केन्द्रीय भेलाहरु थिमिमा सफलातापूर्वक सम्पन्न गरिएका बताइन । अहिले यहाँ नयाँ पुस्ता समेत पार्टीको नेतृत्वमा आइरहेकोले थिमिमा अब संगठनले नयाँ उचाइ लिने उनले विश्वास व्यक्त गरिन ।

    कार्यक्रममा मध्यपुर थिमिका नगर इन्चार्ज कृष्णलाल गोजा र नगर अध्यक्ष विजय श्रेष्ठले पार्टीको सांगठनिक अवस्था बारे जानकारी गराएका थिए । वाइसिएलका केन्द्रीय सदस्य दिनेस थपलियाले पार्टीको लागि बलिदानी दिन समेत युवाहरु पछि नहट्ने प्रतिवद्धता प्रकट गर्दै पार्टीलाई कमजोर बनाउन खोज्नेहरुलाई वाइसिएलले छुट नदिने उद्घोष गरे ।

    स्थानीय नेता बाबुनाथ प्रजापतिको अध्यक्षतामा संचालित कार्यक्रममा जगतमाया प्रजापतिले स्वागत मन्तब्य व्यक्त गरेकी थिइन् भने युवा नेताहरु गणेश बुढाथोकी, नरेश वाइवा,नरेश रन्जीत लगायतको उपस्थिति रहेको थियो।

    उक्त वडा भेलाबाट बावुनाथ प्रजापतिको अध्यक्षतामा २१ जनाको वडा कमिटी र सुनिल श्रेष्ठ छुँ को अध्यक्षतामा २१ जनाको वाइसिएल वडा कमिटी निर्विरोध निर्वाचित भएको नगर अध्यक्ष विजय श्रेष्ठले बताए ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...