News Portal

  • चारैवटा नगरको नेतृत्व चयनका लागि भक्तपुरमा कांग्रेसका दुई पक्ष भिड्दै, आइतबार नै छिनोफानो

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ९ असोज २०७८
    १२६९ पटक
    भक्तपुर, ९ असोज २०७८

    नेपाली कांग्रेसको  नगर अधिवेशनमा नेतृत्व चयनका लागि भक्तपुरमा चुनावी भिडन्त हुने भएको छ । चारैवटा नगरपालिकामा दुई पक्षले प्यानल पेश गरेपछि आइतवार चुनाव हुने भएको हो ।

    नगर अधिवेशनमा जिल्ला सभापति दुर्लभ थापा पक्षको विरुद्ध  नेताहरू  गणेशमान चक्रधर, अष्ट कवे, महेश श्रेष्ठको समूहले मोर्चाबन्दी गरेको छ । यो समूहमा कविर राणा, विनोद कायष्ठ, बाबुराजा जोशी, राजनकाजी त्वाटी, विजेश अवाल, धर्मराज थापालगायतको समूह पनि समाहित भएका छन ।  जिल्ला सभापति दुर्लभ थापाको समूहमा भने बागमति प्रदेशसभा सदस्य कृष्णलाल भँडेल, दयामान कर्माचार्य, विगतमा चक्रधर समूहमा रहेका शिवहरी केसी, गत १३ औं महाधिवेशनमा महेश श्रेष्ठको समूह छाडेका राजाराम खड्कालगायतका नेताहरु देखिएका छन् ।

     सूर्यविनायक नगर सभापतिमा थापा पक्षबाट  जिल्ला सचिव रहेका हेभिवेट उम्मेदवार  निशान ढुंगेल आफै मैदानमा उत्रेका छन् । अर्को प्यानलबाट नगरको पार्टी उपसभापति रहेका  युवा नेता  रवी राणाले ढुङेललाई चुनौती दिएका छन ।

    मध्यपुर थिमिको नगर सभापतिमा वर्तमान सभापति सुरेन्द्र श्रेष्ठ र हरिदास प्रजापतिबीच भिडन्त हुने भएको छ । प्रजापतिले चक्रधर, कवे र श्रेष्ठको संयुक्त समूहबाट र श्रेष्ठले जिल्ला सभापति दुर्लभ थापाको समूहबाट सभापतिमा उम्मेदवारी दिएपछि यी दुई नेताहरुबीच पुनः प्रतिष्पर्धा हुन लागेको हो ।

    चाँगुनारायण नगरपालिकामा नगर सभापति उम्मेदवार शिवहरी केसी र गोपाल पौडेल समूहको विच निर्वाचन हुने भएको छ । नेता चक्रधरको साथ छोडेका केसी थापा समूहबाट उम्मेदवार बन्न सफल भएका हुन् । चक्रधर-कवे र श्रेष्ठ समूहमा पौडेल परेका छन्  ।
    भक्तपुर नगरपालिकामा थापा समूहबाट वर्तमान नगर सभापति राम कासुला फेरिपनि सभापतिको उम्मेदवार बनेका छन । उनको प्रतिस्पर्धामा अर्को समूह बाट राजेन्द्र तमखुले आफ्नो प्यानल पेश गरेका छन् ।

    नेतृत्व चयनका लागि भोलि असोज १० गते आइतवार नव निर्वाचित वडा सभापति र क्षेत्रीय प्रतिनिधिहरुले बिहान ८ बजेदेखी १२ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...