News Portal

  • ख्वप अस्पतालको सेवाबाट जनताले समाजबादको अनुभव गर्न सक्नुपर्छ : अध्यक्ष बिजुक्छें

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १५ असोज २०७८
    ९३५ पटक
    nemakipa narayanmanभक्तपुर, १५ असोज २०७८

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले ख्वप अस्पतालको सेवाबाट जनताले समाजबादको अनुभव गर्न सक्नुपर्ने बताएका छन् । ख्वप अस्पतालले समाजवादी सिद्धान्त अनुरुप जनताको निःस्वार्थ सेवा गर्नुपर्नेमा जोड दिंदै अध्यक्ष बिजुक्छेंले उक्त कुरा बताएका हुन् ।

    शुक्रबार ख्वप अस्पतालका स्टाफ नर्सहरुसँगको भेटघाट तथा प्रशिक्षण कार्यक्रममा उनले जनताको सेवालाई केन्द्रमा राखेर काम गर्न निर्देशन समेत दिए । जनताको साथ र सहयोगबाट निर्माण भएको ख्वप अस्पताल जनताकै अस्पताल भएको भन्दै उनले जनतालाइ त्यो अनुभुती नभए अस्पताल स्थापनाको उदेश्य पुरा नहुने प्रष्ट पारे ।

    ख्वप अस्पतालमा कार्यरत चिकित्सकहरुले व्यक्तिगत स्वार्थको लागि नभई समाजको हितको निम्ति काम गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष बिजुक्छेँले त्यसले नेमकिपाको नीतिलाई प्रतिनिधित्व गर्ने बताए ।

    कार्यक्रममा ख्वप अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अस्पतालबाट हुने सेवा प्रवाहमा जनताको गुनासो र विरोध हुने कुनै पनि काम नगर्न निर्देशन दिएका थिए ।

    ख्वप अस्पतालले जनताको सेवालाई केन्द्रमा राखी कार्य सम्पादन गरिरहेको उनको भनाइ छ । अक्सिजन प्लान्ट निर्माणमा जनताको अपार साथ र सहयोग प्राप्त भएको प्रति आभार प्रकट गर्दै उनले जनताको आशा, भरोसा र विश्वासलाई गुम्न नदिने प्रतिवद्धता समेत प्रकट गरे ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...