News Portal

  • नेमकिपाले काक्रो चोरेर खाने, बियाँचाहिँ अर्काको गालामा टाँसिदिने सांसद बस्नेतको आरोप

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १५ असोज २०७८
    २७५५ पटक
    भक्तपुर, १५ असोज २०७८

    पूर्व उद्योग मन्त्री समेत रहेका नेकपा (एमाले) का नेता एवं संघीय सांसद महेश बस्नेतले नेपाल मजदुर किसान पार्टी माथि कडा टिप्पणी गरेका छन् । नेमकिपाले आफूले काक्रो चोरेर खाने तर, वियाँ चाहिँ अर्कोको गालामा टाँसिदिने गरेको उनले आरोप लगाएका हुन् ।

    नेमकिपाले नेतृत्व गरिरहेको भक्तपुर नगरपालिकाले उपभोक्ता समितिमार्फत ३० देखि ५० प्रतिशतसम्म घोटला गर्ने गरेको जिकिर गर्दै सांसद बस्नेतले उल्टै अरुले टेन्डरबाट कमिसन खाने हल्ला पिटाइएको र सोकुरा जनतालाई बुझाउन जरुरी रहेको बताए ।

    नगरपालिकाको उपभोक्ता समिति भनेको नगरपालिकाको गलत प्रवृत्तीलाई ढाकछोप गर्ने संयन्त्र भएको उनको भनाइ छ । शुक्रवार नगरपालिकाद्वारा संचालित देको मिवा इतापाके जग्गा एकिकरण आयोजना पीडित संघर्ष समितिबाट ज्ञापनपत्र बुझ्दै सांसद बस्नेतले सोकुरा बताएका हुन् ।

    आयोजनाबाट पीडित भएको भन्दै संघर्ष समितिले सांसद बस्नेतलाई आफूहरुको मुद्धा राष्ट्रव्यापी रुपमा अगाडी बढाईदिन आग्रह समेत गरेका उनका प्रेस सहयोगी बिरेन चम्लागाईले बताए ।

    उक्त अवसरमा सांसद बस्नेतले संघर्ष समितिलाई आफू र आफ्नो पार्टीको सदैव साथ् र सहयोग रहने आश्वासन समेत दिएका बताइएको छ । २०६९ सालमा स्थानीयको जग्गा रोक्का गरी शुरु गरिएको आयोजनाभित्र १ हजार ६ सय ५३ रोपनी जग्गा रहेको छ । पछिल्लो समय केही जग्गाधनीहरू आयोजनाप्रति असन्तुष्ट रहँदै आन्दोलित भएका छन् ।

    प्रतिकृया दिनुहोस्

    वायु प्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

    ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको...

    पत्रकार तमखुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक...

    मध्यपुरमा मेयर्स फोरमको बैठक, अख्तियारमाथि आक्रोशै आक्रोश

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आतिथ्यतामा उपत्यका मेयर्स फोरमको ८ औं बैठक सम्पन्न भएको छ ।...

    बैंकका सुरक्षा गार्डको हत्या

    सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका वडा नम्बर १...

    रुखमा बाधिँ आगो लगाएको अवस्थामा शव फेला

    छिमेकी जिल्ला काभ्रेमा एकाबिहानै बीभत्स अवस्थामा शव फेला परेको छ । बिहान साढे ८ बजेको...