News Portal

  • शुक्रवार अध्यक्ष प्रचण्ड भक्तपुर आउने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २१ असोज
    १५७४ पटक
    भक्तपुर, २१ असोज

    पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ भक्तपुर आउने भएका छन् । शुक्रवार पार्टी कार्यक्रमको सिलसिलामा उनी भक्तपुर आउन लागेका हुन् ।

    पार्टीका भक्तपुर जिल्ला समन्वय समितिका संयोजक डिपी ढकालले प्रचण्ड भक्तपुर आउने कार्यक्रम रहेको पुष्टि गरे । उनका अनुसार जिल्लाको बिस्तारित बैठक र कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रुपमा अध्यक्ष प्रचण्डलाई आमन्त्रण गरिएको हो । शुक्रवार दिउँसो साढे ३ बजे उनले भक्तपुरका कार्यकर्तालाई प्रशिक्षणात्मक सम्बोधन गर्ने कार्यक्रम तय भएको उनको भनाइ छ ।

    उक्त अवसरमा भक्तपुरमा रहेका केन्द्र, प्रदेश, जिल्ला र नगर कमिटीका सबैजना सहभागी हुन पाउने व्यवस्था मिलाइएको बताइएको छ । वडा कमिटीका भने पदाधिकारी मात्र उपस्थित रहने बताइएको छ । त्यसैगरी जनवर्गीय संगठनका तर्फबाट पनि पदाधिकारीलाई मात्र अध्यक्ष प्रचण्डको प्रशिक्षण प्राप्त गर्न अवसर दिइएको छ ।

    सहायक संगठनको रुपमा रहेको वाइसिएललाई अध्यक्ष प्रचण्डको सुरक्षाको जिम्मा दिइएको बुझिएको छ । वाइसिएलका सबै कार्यकर्तालाई उपस्थित हुन सूचना गरिएको वाइसिएल नेता नरेश वाइवाले जनाएका छन् । कार्यक्रम स्थल भने सूर्यविनायकस्थित बाराही अजिमा पार्टी प्यालेसलाई तोकिएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...