News Portal

  • भक्तपुरमा प्रचण्डले भने – ‘धन र डनको आडमा माओवादीलाई कमजोर पार्ने नसोचे हुन्छ’

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २२ असोज २०७८
    २५२३ पटक
    भक्तपुर, २२ असोज २०७८

    पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी धन र डन देखेर नडराउने बताएका छन् । तत्कालिन सत्तासंगै बिद्रोह गरेर परिवर्तन ल्याउन सफल पार्टी भएकोले धन र डनको आडमा माओवादीलाई कमजोर पार्नेकुरा नसोच्न चेतावनी दिंदै उनले सोकुरा बताएका हुन् ।

    शुक्रवार भक्तपुरको सूर्यविनायकमा आयोजित पार्टीको जिल्ला बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले धन र डनको राजनीति गर्न खोज्नेलाई लखेट्न समेत सुझाव दिए । ”बिचार र इमानसहित जनताको पक्षमा राजनीति गर्नेलाई जुनसुकै पार्टीको भएपनि सम्मान गर्नु तर, धन र डनको राजनीति गर्ने बेइमानहरुलाई लखेट्न नडराउनु ।” उनले निर्देशन दिए । तत्कालिन जनयुद्धका सुप्रिम कमाण्डर समेत रहेका अध्यक्ष प्रचण्डले उतिबेला जाली फटाहहरुलाई लखेटे जस्तैगरी यतिबेला धन र डनको राजनीति गर्नेहरुलाई लखेट्नुपर्नेमा जोड दिएका हुन् ।

    कार्यक्रममा अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई हार्ने छुट नभएको भन्दै संगठन निर्माणको बिकल्प नभएको बताए । आफ्नो पार्टीले हारे माओवादी एजेन्डाले हार्ने र अन्तत परिवर्तित व्यवस्था र देशले नै हार्नसक्ने तर्फ सचेत भएर पार्टी संगठन सुद्रिढ गर्नुपर्ने उनको भनाइ छ ।”संविधान हामीले बनाएको हो, संघीय लोकतान्त्रिक गणतन्त्र हामीले ल्याएको हो । समावेशी, समानुपातिक र धर्म निरपेक्षता लगायतका मुद्दा हाम्रो हो ।” उनले भने “त्यसैले यसको रक्षा र बिकास गर्ने अभिभारा पनि हाम्रै हो ।”

    उक्त अवसरमा अध्यक्ष प्रचण्डले देशलाई समाजवाद तर्फ लैजान केपी ओलीको एमालेसंग एकता गरेको भएपनि उनी प्रतिगमनकारी कित्तामा उभिएको आरोप लगाए । माओवादी केन्द्र पूरा इमान्दारीताका साथ् एकताको पक्षमा रहेको भएपनि नियोजितरुपमा पार्टीलाई बिभाजन गराइदा कम्युनिष्ट आन्दोलन कमजोर बनेको उनले बताए । यद्यपी सच्चा र क्रान्तिकारी कम्युनिष्ट धार र प्रतिगमनकारी धारलाई जनताले चिन्न अवसर पाएकाले अन्तत प्रतिगमनकारीहरु परास्त हुने उनले बिश्वास समेत व्यक्त गरे ।

    पार्टी एकता अघि नेपाली काँग्रेस लगायतका दलले ५ वर्ष नै आफूलाई प्रधानमन्त्री अफर गरेको खुलासा गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले बलियो कम्युनिष्ट पार्टी बनाएर समाजवाद तर्फ जाने लक्षबाट आफू त्यतिबेला बिचलित नबनेको र पार्टी एकता गरेको जानकारी गराए । ” परिस्थिति तपाईहरुको सामुन्नेमै छ – उतिबेला मलाई प्रधानमन्त्री अफर गर्ने नेतालाई यतिबेला हामीले नै बलजफ्ती गरेर प्रधानमन्त्री बनाउनुपर्यो ।” उनले भने । तत्कालिन प्रधानमन्त्री केपी ओली कम्युनिष्टको नाममा प्रतिगमनकारी नेता भएकोले उनलाई बर्खास्त गरी बालकोट पुर्याउनु ठुलो उपलब्धी भएको उनको भनाइ छ ।

    कार्यक्रममा सूर्यविनायक नगर कमिटीका संयोजक जीवन तज, मध्यपुर थिमीका संयोजक विजय श्रेष्ठ, त्यसैगरी चाँगुनारायणका संयोजक नरेश खड्का र भक्तपुरका संयोजक सुनिल गोथे बासुले समसामयिक राजनीति र संगठनका बिषयमा नगरभित्रको रिपोर्टिंग प्रस्तुत गरेका जिल्ला सदस्य युवराज आचार्यले बताए ।भक्तपुर इन्चार्ज दिलिप प्रजापति भिष्मको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन जिल्ला समन्वय समितिका संयोजक डिपी ढकालले गरेका थिए भने नेता ओम वाग्लेले स्वागत मन्तब्य दिएका थिए । उक्त अवसरमा केन्द्रीय सदस्य समेत रहेका इन्चार्ज भिष्म, अर्का केन्द्रीय सदस्य सूर्य सुवेदी पथिक, सह इन्चार्ज देवेन्द्र श्रेष्ठ दिवाकर, फ्र्याक्सन इन्चार्ज सुरेश न्यौपाने, प्रदेश सभा सदस्य प्रतिमा श्रेष्ठ लगायतले समसामयिक राजनीति तथा आगामी रणनीति र कार्यदिशाबारे बताएका अर्का जिल्ला सदस्य दिनेश थपलिया आक्रोशले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...