News Portal

  • विद्युतीय यातायातलाई सरकारले प्राथमिकता दिन्छ : मन्त्री भुसाल

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ९ कात्तिक २०७८
    ८८६ पटक
    भक्तपुर, ९ कात्तिक २०७८

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतीय यातायातलाई सरकारले प्राथमिकतामा दिने दावी गरेकी छन् । विद्युतीय सवारीलाई बढावा दिइने उनले बताएकी हुन् ।

    महिन्द्रा मोटर्सले मंगलवार आयोजना गरेको ८ लाख ४० हजारको ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक कार्यक्रममा बोल्दै उनले विद्युतीय यातायातलाई सरकारले बढावा दिने बताइन् ।

    नेपालीलाई चाहिने पर्याप्त जलविद्युतको उत्पादन भइसकेको भन्दै उनले बिजुलीका सवारी चलाएर अब उपभोगलाई बढाइने जिकिर गरिन । इन्धन आयात खर्च बचाउन र देशकै उर्जा उपयोग गर्न विद्युतीय यातायात उत्तम बिकल्प भएको उनको भनाइ छ ।

    असन्तुलित अर्थतन्त्रलाई सन्तुलित बनाउन  विद्युतीय सवारी साधनहरूले सहयोग गर्ने समेत मन्त्री भुषालले स्पष्ट पारिन । विद्युतीय यातायातको क्षेत्रमा लगानी बढाउँन आग्रह गर्दै उनले सरकारले छिट्टै विद्युतीय यातायात बिकासका लागि ठोस कदम चाल्ने संकेत गरिन ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...