News Portal

  • चाँगुमा पत्रकार : काँग्रेस उपसभापतिमा दुलाल असफल, एमाले उपाध्यक्षमा बास्तोला निर्विरोध

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ११ कात्तिक २०७८
    १०७७ पटक
    yaya ram bastola sanjeev dulalभक्तपुर, ११ कात्तिक २०७८

    भक्तपुरमा राजनीतिक दलको नेतृत्व तहमै पत्रकारहरुको प्रभाव देखिएको छ । सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) दुवैमा पत्रकारहरुले पार्टी राजनीतिमा आफ्नो प्रभाव देखाएका हुन् ।

    बुधवार सम्पन्न नेकपा(एमाले)को चाँगुनारायण नगर अधिवेशनमा पत्रकार जयराम बास्तोला नगर कमिटीको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । उनी लामो समय पत्रकारितामा क्रियाशील रहेका थिए । नेपाल पत्रकार महासंघ भक्तपुरको निवर्तमान कार्यसमिति सदस्य समेत रहेका बास्तोला नेपाल टेलिभिजनका भक्तपुर संवाददाता समेत हुन् ।

    पार्टीको नगर सचिवमा दावेदारी गरिरहेका बास्तोला बुधवार उपाध्यक्षमा भने निर्विरोध निर्वाचित भएका पत्रकार हेमराज ढकालले जनाएका छन । सचिवमा भने सुवास ढुंगानाले निरन्तरता पाएका छन् । नगर अधिवेशनले रामप्रसाद तिमल्सिनाको अध्यक्षतामा पचहत्तर सदस्यीय चाँगुनारायण नगर कमिटी सर्वसम्मत निर्वाचित गरेको पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला इन्चार्ज सोमप्रसाद मिश्रले बताए ।

    चाँगुकै पार्टी राजनीतिमा प्रवेश गरेका अर्का पत्रकार संजीव दुलाल भने नेतृत्वमा पुग्न असफल भएका थिए । नेपाली काँग्रेसको महाधिवेशन अन्तर्गत चाँगु नगर अधिवेशनमा उनी उप सभापति पदमा पराजित हुन पुगेपछि नेतृत्वमा पुग्न सकेनन । २ प्यानलको प्रतिष्पर्धामा दुलालले जिल्ला सभापति दुर्लभ थापा इत्तर पक्षबाट उपसभापतिमा उम्मेद्वारी दिएका थिए ।

    दुलाल नेपाल पत्रकार महासंघ भक्तपुरका वर्तमान कार्यसमिति सदस्य एवं संवाहक डटकमका सम्पादक हुन् ।

    नेपाल पत्रकार महासंघले पत्रकारहरुलाई कुनै पनि राजनीतिक दलको सक्रिय पदमा नबस्न निर्देशन दिंदै आएको छ । राजनीतिमा सक्रिय पत्रकारहरुले भने राजनीतिले पेशालाई प्रभाव नपार्ने जिकिर गर्दै आएका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...