News Portal

  • एमालेको सूर्यविनायक नगर कमिटीमा सुरज सबैभन्दा कान्छो

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ११ कात्तिक २०७८
    २२८१ पटक
    suraj thapaभक्तपुर, ११ कात्तिक २०७८

    नेकपा(एमाले) को सूर्यविनायक नगर कमिटीमा युवा नेता सुरज थापा सबैभन्दा कान्छो सदस्य भएका छन् । २८ वर्षीय थापा सूर्यविनायक नगर कमिटीमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

    ७५ सदस्यीय नगर कमिटीमा सुरज उमेरका आधारमा सबैभन्दा कान्छो सदस्य भएका नेकपा (एमाले) भक्तपुरका युवा नेता अशोकराज ढुंगेलले पुष्टि गरे । सक्षम युवाहरुलाई नेतृत्वमा ल्याउने पार्टी नीति बमोजिम सुरजलाई सर्वसम्मत निर्वाचित गरिएको उनले बताए ।

    व्यवस्थापनमा स्नातक सुरज सूर्यविनायक नगरपालिका वडा नम्बर ५ कटुन्जेका स्थायी बासिन्दा हुन् । उनी समाजसेवामा सधै अगाडी रहने हुँदा पार्टी भित्र मात्र नभई स्थानीय समुदायमा पनि लोकप्रिय रहेका छन् । देश र समाजको बिकास गर्न नेतालाई गाली गरेर नहुने उनको मत रहेको छ । सक्षम युवाहरु राजनीतिमा आएर देश र जनताको सेवामा समर्पित हुनुपर्ने आवश्यकता औल्याउदै उनले राजनीतिलाई सेवाको अवसरका रुपमा आफूले सदुपयोग गर्ने प्रतिवद्धता प्रकट गरे ।

    नेकपा (एमाले) को सूर्यविनायक नगर अध्यक्षमा भने रवीन्द्र सापकोटाले निरन्तरता पाएका छन् । नगर अधिवेशनबाट गुण्डुका नेता सापकोटाको नेतृत्वमा बुधवार ७५ सदस्यीय नगर कमिटी निर्विरोध निर्वाचित भएको हो ।

    कमिटीको उपाध्यक्षमा बिनय महत, सचिवमा शिवराम राउत, उपसचिवमा श्याम श्रेष्ठ र कमला पोखरेल सर्वसम्मत निर्वाचित भएका नेता अशोकराज ढुंगेलले जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...