News Portal

  • चाँगुनारायणमा सोमबार सार्वजनिक बिदा

    बाबुराम दाहाल / भक्तपुर पोस्ट भक्तपुर, २८ कात्तिक २०७८
    ८७३ पटक
    भक्तपुर, २८ कात्तिक २०७८

    भक्तपुरको चाँगुनारायण नगरपालिकाले सोमबार सार्वजनिक बिदाको घोषणा गरेको छ । सोमबार ‘हरिबोधनी एकादशी’ को अवसरमा सार्वजनिक बिदा घोषणा गरिएको हो ।

    विश्वसम्पदा सूचीमा सुचिकृत प्रसिद्ध धार्मिक तीर्थस्थल चाँगुनारायणमा हरेक ‘हरिबोधनी एकादशी’ माा विशेष मेला लाग्ने गर्दछ । स्थानीय सरकारको रुपमा रहेको चाँगुनारायण नगरपालिकाले आफ्नो क्षेत्रमा यो दिन सार्वजनिक बिदा दिंदै आएको छ । विगत वर्षहरुमा दिंदै आएको बिदालाई यो वर्ष पनि निरन्तरता दिइएको प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले प्रष्ट पारे ।

    नगरपालिकाले आइतवार एक सूचना जारी गर्दै सार्वजनिक बिदाको घोषणा गरेको हो । नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय तथा नगरपालिका अन्तर्गतका सबै संघ सस्थाहरुमा सार्वजनिक बिदा हुने सूचनामा उल्लेख छ । हेर्नुस् सूचना

    हरिबोधनी एकादशी चर्चा

    हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने दिनको रुपमा लिइन्छ । आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुतेका भगवान विष्णु कात्तिक शुक्ल एकादशीका दिन उठ्ने हुँदा सो दिनलाई हरिबोधनी एकादशी भनिने पुराणहरूमा उल्लेख गरिएको छ । भगवान हरि अर्थात विष्णु जागा हुने एकादशी भएकोले यसको ठुलो महत्व छ । वर्षमा आउने २४ एकादशी मध्ये यसलाई सबैभनदा ठुलो मानिन्छ । यस दिन गरिने स्नान, दान, तप आदि गर्नु फलदायी हुने र इच्छित फल पाइने विश्वासका साथ उपत्यकाका चार नारायण -चाँगु, विशङ्खु, इचङ्गु र शेष नारायण लगायत बुढानीलकण्ठमा समेत भक्तजनको मेला लाग्दछ । हरिबोधनीमा उपवास बसिसक्नेले करिब १८ कोसको दुरीमा रहेको ४ नारायण र नसक्नेले कम्तीमा १ नारायणको  दर्शन र पूजाअर्चना गरेमा सम्पूर्ण पाप नाश भई मोक्ष मिल्ने धार्मिक विश्वास रहेको छ ।

    यो दिन तुलसीको मोठ सिंगारेर तुलसीलाई विशेष पूजा गरी पीपलसँग विवाह गरिदिने परम्परा रहिआएको छ। भोलिपल्ट द्वादशीको दिन तुलसीको विशेष पूजनसँगै नवान्न (नयाँ अन्न)को हवन गरी चतुर्मास भरि विष्णु वा विष्णुप्रियाको रूपमा पूजा गरिएको तुलसीको विसर्जन गरिन्छ ।हरिबोधनीका दिन विशेषगरी सक्खरखण्ड, पिंडालु आदि कन्दमुल र फलफूल भगवान नारायणलाई चढाई ब्रतालुहरू प्रसादका रूपमा फलाहार गर्ने गर्छन् ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...