भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले भक्तपुरमा रहेका स्ववासी र बेनिसाको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग मार्फत नै गर्ने गरी प्रक्रिया शुरु गरेको सार्वजनिक गरेकी छन् । नागरिकले आफ्नै जमिनको मालिक बन्न नपाउने र लालपुर्जाको अभावमा नागरिक बन्ने अधिकार समेत नपाउने अवस्थाको अन्त्य गर्न आफू प्रतिबद्ध भएर लागि परेको जिकिर गर्दै शनिबार मध्यपुरमा पार्टीको नगर सम्मेलन उद्घाटनको क्रममा उनले सोकुरा सार्वजनिक गरेकी हुन् । नेपाललाई आर्थिक रुपमा सम्पन्न बनाएर जनतालाई अधिकारसम्पन्न बनाउने माओवादी केन्द्रको नीति बमोजिम आफूले सरकारमा सोही बमोजिम गरिरहेको उनको भनाइ छ । मन्त्री श्रेष्ठले संविधानमा व्यवस्था भएको महिला, दलित सुकुम्वासी, मुक्त हलीया, कमैया र कमलारीको समस्या समाधान गर्न र संविधानमा भएको उनीहरुको हक कार्यान्वयन गर्न
आफूले मन्त्रालय संहालेपछि काम शुरु गरिसकेको र पटकपटक भूमि सम्बन्धी समस्या आइरहने अवस्थाको अन्त्य गर्नेगरी कार्ययोजना बनाएर काम शुरु भइसकेको घोषणा समेत गरेकी छन् ।उनले संविधानमा व्यवस्था भएको पैतृक सम्पतिमा महिलाको हक शुनिश्चित गर्न अंशबण्डा गर्दा महिलालाई अनिवार्य उपस्थित गराउनु पर्ने व्यवस्था कार्यान्वयनका लागि आफू लागिपरेको प्रष्ट पारिन् ।
उनले अग्रगमन र प्रतिगमनबीचको द्वन्द्व अझै बाँकी रहेको भन्दै जनतालाई थप सचेत बनाउनुपर्ने आवस्यकता औल्याइन । थोरै ठाउँ पाउनासाथ प्रतिगमनकारी तत्व फेरी उठ्न सक्ने जिकिर गर्दै उनले प्रतिगमनको अन्त्यको लागि जनतालाई सचेत
बनाउनु पर्ने र माओवादी केन्द्रको एजेण्डा तथा पहलबाट स्थापित भएका अधिकारको विषयलाई लिएर नागरिकका घरघरमा जानु पर्नेमा उनले जोड दिएकी हुन् ।
मन्त्री श्रेष्ठले जनता अधिकार सम्पन्न भएको मन नपराउनेहरुले संविधान, संघीयता र परिवर्तनमाथि हमला गरेको र सोको रक्षाको लागि माओवादी केन्द्रले जस्तोसुकै कदम चाल्ने बताइन ।
उक्त अवसरमा नेकपा माओवादी केन्द्र भक्तपुरका जिल्ला इन्चार्ज दिलिप प्रजापति, सह इन्चार्ज देवेन्द्र श्रेष्ठ, संयोजक डिपी ढकाल,प्रदेश सांसद प्रतिमा श्रेष्ठ, नेताहरु सुरेश न्यौपाने, ओम वाग्ले, युवराज आचार्य, कृष्णलाल गोजा, सुदर्शन पराजुली, उमेश लम्साल,गणेश बुढाथोकी, दिनेश थपलिया लगायतको सहभागिता रहेको थियो ।
भक्तपुरका स्ववासीको भूमि सम्बन्धी समस्या समाधान गरिने
भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ११ मंसिर २०७८
भक्तपुर, ११ मंसिर २०७८परीक्षा नियन्त्रक शर्मालाई पितृशोक
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई पितृशोक परेको...
नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण
चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...
मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न
मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...
५ दिने भक्तपुर महोत्सव आज सकिदैं
५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...
सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...
- अक्सफोर्डमा गस्ती नेता प्रशिक्षण
- रास्वपा भलिवलजस्तै जति थचार्याे उति माथि जाने जिकिर, भक्तपुरमा शनिवार शक्ति प्रदर्शन
- खेलाडीको न्यायका लागि भक्तपुरबाट मेची महाकाली हस्ताक्षर अभियान आरम्भ
- भक्तपुरका सहायक सिडिओ निरौलाको सरुवा
- भक्तपुरमा १ सय ५१ एचआईभी एड्स संक्रमित सम्पर्कमा
- ५ दिने भक्तपुर महोत्सव आज सकिदैं
- तिलागुफा- ४ को वडाध्यक्षमा नेमकिपाका शाही निर्वाचित
- मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न
- सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति
- बास बस्न आएका वीरबहादुरको हत्या गरी फरार रहेकी प्रतिवादी १५ वर्षपछि प्रहरी फन्दामा