News Portal

  • भक्तपुरबाट कांग्रेसको पहिलो मन्त्री दिलाउन सफल सभापति थापा पुन: दोहोरिने दावी,सोमबार चुनाव

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १२ मंसिर २०७८
    १५३५ पटक
    भक्तपुर, १२ मंसिर २०७८

    पार्टीको आन्तरिक प्रतिस्पर्धामा पोख्त नेपाली कांग्रेसको अधिवेशनले भक्तपुरमा चुनावी माहौल सृजना गरेको छ । नेपाली कांग्रेस भक्तपुरको चुनावी मैदानमा दुई समुहबीच चुनावी भिडन्त हुने भएको हो । संस्थापन पक्षका वर्तमान सभापति दुर्लभ थापाको नेतृत्वमा रहेको समुह र अघिल्लो अधिवेशनमा उनीसँग पराजित बन्न पुगेका संस्थापन इत्तरका उम्मेदवार अष्टकुमार कवेको नेतृत्वमा रहेको दुई समुह चुनावी प्रतिस्पर्धामा भिड्ने भएका हुन् ।                                                                                                                                                           सोमबार बिहानबाट शुरु हुने चुनावी सरगर्मीले भक्तपुर कांग्रेस तातेको छ । दुबै पक्षले आआफ्नो जीतको दावी पेश गरिरहेका भएपनि सभापति दुर्लभ थापा जीत नजिक देखिएका छन् । जिल्लाका चार नगर सभापतिहरु मध्ये भक्तपुरका राजेन्द्र तमखु, सुर्यविनायकका निशान ढुङ्गेल, चानपाका शिवहरि केसी सभापति थापाको पक्षमा देखिएका छन् भने मध्यपुरका सभापति हरिदास प्रजापति मात्र कवें पक्षमा रहेका छन् ।

    भक्तपुर कांग्रेसमा प्रभावशाली मानिएका नेताहरु लेखनाथ न्यौपाने, बाबुराजा जोशी, कृष्णलाल भडेल ,मदन कृष्ण श्रेष्ठ, माथवर सिंह बस्नेत, कविर राणा, रमा कोईराला पौडेल, राजाराम खड्का, मुरारी प्रसाद आचार्य, सुरेन्द्र केसी, नारायण भक्त खायमली, बिष्णुराज कार्की, किरण थापा श्रेष्ठ, बिदुरमान सिह बस्नेत, दयामान कर्माचार्य, हरी नेपाल, पुरुषोतम लामिछाने, बिजेस अवाल, जग्गनाथ कार्कीं, रवि राणा, सुरेन्द्र श्रेष्ठ, १नं. प्रदेश सभापति जिवन खत्री, २ नं प्रदेश सभापति प्रदिप कार्की, थापा पक्षमा उभिएको बताइएको छ भने उता कवें पक्षमा गणेशमान चक्रधर, महेश श्रेष्ठ, प्रविण वन, राजनकाजी त्वाती, विनोद कायष्ठ लगायतका नेताहरु उभिएका छन् ।

    सभापति थापा सबैसँग घुममिल गर्नसक्ने डाइनामिक लिडर भएको र आफ्नो कार्यकालमा निशेधको राजनीति नगरेकाले उनलाई गुटको आखाले हेर्न नहुने उनका समर्थकहरुको भनाइ छ । खासगरी कांग्रेसको युवापुस्ताले अत्यधिक रुचाउने थापा पुराना पुस्ताका लागि समेत भरोसाका केन्द्र भएका नेता निशान ढुङ्गेल बताउँछन् । गत निर्वाचनमा संघ,प्रदेश र स्थानीय तहमा हार बेहोरेर भक्तपुरमा रक्षात्मक बनेको कांग्रेसलाई उपनिर्वाचनमा आइपुग्दा सभापति थापाकै नेतृत्वमा शानदार बिजय प्राप्त भएको थियो । तत्कालीन सत्तारुढ बाम उम्मेदवारलाई  पराजित गर्नु चानचुने कुरा थिएन । तर, थापाले उम्मेदवार चयनमा देखाएको सुझबुझ, राप्रपाको समर्थन लिन गरेको दौडधुप र पार्टी केन्द्रसंगको सामीप्यताले सडकमा रहेर पनि सत्तारुढ बाम उम्मेदवारलाई पराजित गर्न सकेको भन्दै उतिबेला नेतृत्वको सबैले प्रसंशा गरेका थिए । त्यतिमात्र होइन, उनले भक्तपुर बाट कांग्रेसको पहिलो मन्त्री बनाउने इतिहास समेत रचेका छन् । उनले उपनिर्वाचनमा बागमती प्रदेश सभा सदस्य निर्वाचित कृष्णलाल भडेललाई  बर्तमान बागमती प्रदेश सरकारमा पावरफुल मानिएको भौतिक योजना मन्त्री बनाउन भूमिका खेलेका स्वयं मन्त्री भडेलले भन्दै हिडेका छन्सभापतिमा थापाले अघिल्लो पटक पराजित गरेका अष्टकुमार कबे नै यो पटक पनि प्रतिस्पर्धी रहेकोले जीत सहज हुने थापा पक्षको बिश्वास रहेको छ । पछिल्लो समय पार्टी सभापति भएर राम्रो काम गरेका कारण पनि दुर्लभ थापाले फेरिपनि सभापतिमा बिजय प्राप्त गर्ने दावी गरिएको छ ।

    थापा   पक्षबाट उपसभापतिमा उर्मिला वन, बिजेस अवाल, सचिवमा शुसिल बस्नेत, राजेश खड्का, सहसचिवमा कृष्ण मुरारी न्यौपाने, यादव अधिकारीले उम्मेदवारी दिएका छन् भने उता कवें पक्षबाट उपसभापतिमा रामगोपाल न्यौपाने, गोकुल बहादुर खत्री सचिवमा पूर्ण कृष्ण श्रेष्ठ, कविन्द्र मिश्र सहसचिवमा अनिल भुजु र बिष्णु साय श्रेष्ठको उम्मेदवारी परेको छ । दुवै पक्षले सदस्य सहितको आफ्नो सम्पूर्ण प्यानल खडा गरि उम्मेदवारी सार्वजनिक गरिसकेका छन् । त्यसो त १ नं. क्षेत्रमा महासमिति सदस्यहरु निर्विरोध भई सकेका छन् । जसमा थापा पक्षका मन्त्री कृष्णलाल भडेल, बाबुराजा जोशी, जग्गनाथ कार्की, पुष्कर खत्री, रजनी अमात्य जोन्छे, सुभद्रा काफ्ले, राधा बानियां (सरु), गंगा देवी अवाल रहेका छन् भने उता कवें पक्षका प्रविन वन निर्विरोध भएका छन् ।                                                                                                                          क्षेत्र नं. २ को केन्द्रिय महासमिति सदस्यहरुमा थापा पक्षबाट मदन कृष्ण श्रेष्ठ, मुरारीप्रसाद आचार्य, नारायण भक्त खायमली, बिष्णुराज कार्की, पूर्ण बिसुंखे खुल्ला तर्फबाट उठेका छन् भने कवें पक्षबाट गणेशमान चक्रधर, उद्धव शिलवाल, राजनकाजी त्वाती, सन्तोष भट्टराई, अच्युत प्रसाद मिश्र उठेका छन् । प्रत्यक्ष महिला तर्फ दुई जना चाहिनेमा रमा कोईराला थापा पक्षमा उठेकी छिन् भने अन्जना देवी मधिकर्मी र प्रमिला सुवेदी उठेकी छिन् । आदिवासी जनजाती खुल्लामा दुवै पक्षका एक एक जना दिल कृष्ण प्रजापति र ज्ञानदास प्रजापति निर्विरोध निर्वाचित भएका छन् ।

    त्यसै गरि आदिवासी महिलामा कमला कर्माचार्य निर्विरोध निर्वाचित हुनुभएको छ भने खसआर्य महिलामा संगिता थापा निर्विरोध भएकी छन् भने खसआर्यमा उमेश खड्का थापा पक्षबाट उठेका छन् भने लछुराज न्यौपाने कवें पक्षबाट उम्मेदवार बनेका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर एमालेमा २ प्यानल, मतदानबाट नेतृत्व निर्वाचित गरिँदै

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित...

    भक्तपुर निवासी पौडेल ३८ वर्षमै सहसचिव सिफारिस

    krishna paudel CDO

    बिराटनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर थिमी-३ निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल निजामती सेवाको...

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...