News Portal

  • वडाध्यक्ष थापाद्वारा ३ सय विद्यार्थीलाई ट्र्याक सुट वितरण

    मदन ढुंगाना / भक्तपुर पोस्ट भक्तपुर, २२ मंसिर २०७८
    ९४५ पटक
    भक्तपुर, २२ मंसिर २०७८

    जनप्रतिनिधिको रुपमा काम गरेवापत आउने आफ्नो तलवभत्ता विद्यालयलाई दिने घोषणा गरेका सूर्यविनायक-८ का वडाध्यक्ष किरण थापाको पहलमा ३ सय विद्यार्थीले ट्र्याक सुट पाएका छन् । समानान्तर निर्माण सेवाको सहयोगमा वडाध्यक्ष थापाले सिपाडोलस्थित श्री शान्ति निकेतन माविका करिब ३ सय विद्यार्थीलाई  ट्र्याक सुट वितरण गरेका हुन् ।

    कतिपय विद्यार्थीहरु कमजोर आर्थिक अवस्थाका कारण न्यानो लुगा बिना नै विद्यालय आउनुपर्ने बाध्यताबारे थाहा पाएपछि वडाध्यक्ष थापाले पहल गरी सबै विद्यार्थीहरुलाई न्यानो कपडा उपलब्ध गराएका विद्यालयका प्राधानाध्यापक पाण्डव अधिकारीले बताए । यसबाट विद्यार्थीलाई प्रोत्साहन र कमजोर आर्थिक अवस्थाका अभिभावकलाई राहत मिलेको उनको भनाइ छ ।

    विद्यार्थीहरुलाई न्यानो लुगा उपलब्ध गराइदिन वडाध्यक्ष थापाले गरेको अनुरोधलाई  सहर्ष स्वीकार गरी आफूहरुले करिब ३ लाख रुपैया बराबरको सहयोग गरेको सहयोगी सस्था समानान्तर निर्माण सेवाका अध्यक्ष अच्युतप्रसाद खरेलले जनाएका छन् । आफ्नो सस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत रही सेवा गरिएको र शिक्षा क्षेत्रमा सेवा गर्न पाउदा संतोष मिलेको समेत उनले प्रतिक्रिया दिए ।

    वडाध्यक्ष थापा आफै पनि निर्माण ब्यवसायी हुन् । सामाजिक काममा आफ्ना चिनजानका ब्यवसायीहरुको सहयोगलाई उनले महत्वका साथ अघि बढाएका छन् । यसलाई नकारात्मक अर्थमा हेर्न नहुने उनको भनाइ छ । ब्यवसायीले नाफा मात्र नहेरी समाज विकासमा पनि योगदान गर्नुपर्ने जिकिर गर्दै उनले समाजसेवा सबैभन्दा ठुलो धर्म भएको र सक्नेले नसक्नेका लागि सधैं हात खुला राख्नुपर्नेमा जोड दिएका छन् ।

    सूर्यविनायक नगरपालिकाको सामाजिक विकास समिति संयोजक समेत रहेका थापाको शिक्षाप्रति लगाव रहेको भन्दै नगर उपप्रमुख जुना बस्नेतले प्रसंशा गरेकी छन् । मंगलवार ट्र्याक सुट बितरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित बस्नेतले शिक्षामा गरिएको लगानी दीर्घकालीन हुने बताइन् । न्यानो कपडाको अभावमा विद्यालय आउन बाध्य विद्यार्थीको मनोविज्ञानमा पर्नसक्ने नकारात्मक असर यसले अन्त्य गर्ने उपप्रमुख बस्नेतले बिश्वास ब्यक्त गरिन् ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...