News Portal

  • पत्रकार आचारसंहिताबारे बागमती प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ६ पुस २०७८
    ८४१ पटक
    भक्तपुर, ६ पुस २०७८

    पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि नियामक निकाय प्रेस काउन्सिलले प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । काभ्रेको धुलिखेलस्थित एक रिसोर्टमा आयोजित २ दिने प्रशिक्षण तालिम मंगलवार सम्पन्न भएको हो ।

    बागमती प्रदेश भित्रका जिल्लाहरुबाट करिब ४ दर्जन पत्रकारहरु तालिममा सक्रियतापूर्वक सहभागी रहेका थिए । भक्तपुरबाट पाँच जना पत्रकारहरु सो तालिममा सहभागी भएका नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजीप घिमिरे शुभचिन्तकले जानकारी गराए ।

    आवासीयरुपमा दुई दिनसम्म चलेको तालिममा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष धर्मेन्द्र झा,निवर्तमान अध्यक्ष गोविन्द आचार्य, महासंघका बर्तमान अध्यक्ष विपुल पोख्रेल, सल्लाहकार निर्मला शर्मा लगायतले पत्रकार आचारसंहितासम्बन्धी पाठ पठाउन आवश्यक योग्यता र क्षमताबारे अवगत गराएका बताइएको छ । उनीहरुले पत्रकार आचारसंहिता पत्रकारहरुको मूलमन्त्र हुनुपर्नेमा जोड दिदै सोको पालना गर्नु पत्रकारको प्रमुख कर्तब्य भएको र त्यही विषय बुझाउन प्रशिक्षक प्रशिक्षण तालिम गराइएको जानकारी गराए ।

    उक्त अवसरमा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार आचारसंहिता पालना गर्न र गराउन तालिमको आवश्यकतामाथि प्रकाश पारे । उनले उत्पादित प्रशिक्षक पत्रकारहरुलाई जिल्ला र स्थानीय तहका अन्य पत्रकारलाई आचारसंहिताको पालना बारे प्रशिक्षण दिने जिम्मेवारीका लागि तयार रहन आग्रह गर्दै काउन्सिलले सोको व्यवस्था मिलाउने प्रतिवद्धता समेत प्रकट गरेका थिए ।

    कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बस्नेत, सदस्यद्वय ठाकुरप्रसाद बेलबासे, चिरञ्जीवि मास्के त्यसैगरी नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसाल, उपप्रशासकीय अधिकृत राधेश्याम अधिकारी लगायतले सहभागीबाट उठेका बिबिध प्रश्नबारे जवाफ दिएका थिए ।

    तालिमले पत्रकार आचारसंहिताबारे बुझ्न थप मद्दत गरेको सहभागी पत्रकार कविता थापाले बताइन । आचारसंहिता हेर्दा सामान्य जस्तो देखिएपनि यसलाई बेवास्ता गरेर पत्रकार बन्न नसकिने भन्दै उनले आफूहरुले यसको महत्व अन्य पत्रकारलाई बताउन सक्ने ज्ञान बटुलेको बिश्वास व्यक्त गरिन । अर्की सहभागी मिना यादवले आचारसंहिताबारेको ज्ञानलाई बाड्न सक्ने क्षमता तालिमले विकास गरेको बताइन । कार्यक्रमका अधिकांस सहभागीहरुले काउन्सिल र पत्रकार महासंघको नेतृत्वबाट आचारसंहिता बारेको बर्तमान अवस्था र अनुभवको आदानप्रदान बाट थप ज्ञान प्राप्त भएको भन्दै यस्ताखाले तालिमको निरन्तरतामा जोड दिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...