News Portal

  • प्रेस चौतारी भक्तपुरमा ढकालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २९ पुस २०७८
    ८७९ पटक
    press chautariभक्तपुर, २९ पुस २०७८

    प्रेस चौतारी नेपाल जिल्ला शाखा भक्तपुरको अधिवेशनबाट पत्रकार हेमराज ढकालको नेतृत्वमा १३ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित भएको छ । बिहीवार सम्पन्न अधिवेशनको बन्दसत्रबाट ढकालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

    कार्यसमितिको उपाध्यक्षमा न्युनत्तम पारिश्रमिक निर्धारण समितिका सदस्य समेत रहेका ऋषिकेश श्रेष्ठ र महिला उपाध्यक्ष पत्रकार मीना घोरासाइने निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा आशिष पौडेल, सहसचिवमा राजकुमार लामिछाने र विपना मुसिख्वाल तथा कोषाध्यक्षमा नारायण थापा सर्वसम्मत चयन भएका चौतारीका उपत्यका इन्चार्ज प्रकाश सिलवालले बताए । सिलवालका अनुसार सिंगो कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

    कार्यसमिति सदस्यहरूमा भने सविना केसी, देवेन्द्र प्रजापति, सिर्जना खतिवडा, प्रतिकराज कार्की लगायत रहेका बताइएको छ ।

    अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै चाँगुनारायण नगरपालिकाका मेयर समेत रहेका नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज सोमप्रसाद मिश्रले निर्माण व्यवसायीदेखि होटल संचालक सम्मले पत्रकारको कार्ड बोकेर हिड्ने बिकृती देखिएको दावी गर्दै त्यसलाई सच्याउन जरुरी रहेको जिकिर गरे ।

    उक्त अवसरमा नेकपा एमाले भक्तपुरका नवनिर्वाचित अध्यक्ष वचन देउजाले पत्रकारलाई जनताले पत्याउन पर्ने भन्दै पत्रकार सक्षम र स्वतन्त्र बन्नुपर्ने बताए । गैह्र पत्रकारलाई प्रेस चौतारीको सदस्य नबनाउन निर्देशन दिदै अध्यक्ष देउजाले चौतारीले पत्रकार महासंघमा गैह्र पत्रकारलाई सदस्य बनाउन खोजे आफूले त्यसको प्रतिवाद गर्ने प्रतिवद्धता समेत प्रकट गरेका थिए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले भक्तपुरमा पत्रकारका सबै संघसंगठन एकढिक्का रहेको र महासंघमा सबै एकमत भए शुद्धिकरण गर्न सकिने बताए ।

    प्रेस चौतारीका केन्द्रीय उपमहासचिव हिरामान लामाले एमालेले प्रेस चौतारीलाई निर्वाचनको बेलामात्र प्रयोग गर्ने र अरुबेला बेवास्ता गर्ने गरेको गुनासो गर्दै पार्टीमा चौतारीलाई उचित स्थान दिनुपर्ने आवश्यकता औल्याएका थिए भने उपत्यका इन्चार्ज प्रकाश सिलवालले व्यक्ति केन्द्रीत नभई पार्टी,देश र जनतालाई केन्द्रमा राखी पत्रकारिता गर्नुपर्नेमा जोड दिए ।

    उक्त अवसरमा नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव समेत रहेका प्रेस सेन्टर नेपाल भक्तपुरका अध्यक्ष संजीप घिमिरे शुभचिन्तकले प्रेस संगठन नेपाल विभाजित हुँदा जनपक्षीय पत्रकारिता कमजोर देखिएको दावी गर्दै जनताका पत्रकारले समाजवादलाई मिसनको रुपमा लिएर पत्रकारिता गर्नुपर्ने बिचार व्यक्त गरे ।

    उक्त अवसरमा नेकपा एमाले जिल्ला सदस्य हिरामाया,चाँगुनारायण नगर उपाध्यक्ष जयराम बास्तोला, प्रेस चौतारीका केन्द्रीय नेता दिपक पाण्डे, हेमराज सिलवाल त्यस्तै भक्तपुरबाट केन्द्रीय सदस्य रहेका रमेश गिरी,कविता थापा त्यसैगरी गोपी कृष्ण ढुंगाना,आरसी प्रजापति,भगवती थापा, कविता अधिकारी, बिरेन चम्लागाँइ लगायत चौतारीकर्मीहरुको आतिथ्यता एवं उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    सानोठिमी क्याम्पस प्रमुखमा उप प्राध्यापक डा. माधवकुमार श्रेष्ठ नियुक्त

    सानोठिमी क्याम्पसका उप प्राध्यापक डा. माधवकुमार श्रेष्ठले क्याम्पस प्रमुखको जिम्मेवारी पाएका छन् । देशभर दुई...

    भक्तपुर प्याब्सनमा कस्पालको अध्यक्षतामा नयाँ कार्यसमिति, दुई पदमा भयो मतदान

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को भक्तपुर जिल्ला कार्यसमितिले नयाँ नेतृत्व पाएको छ ।...

    काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीमा भब्य प्रदर्शनी, आजसम्म मात्र अवलोकन गर्न सकिने

    काठमाडौं इन्जिनियरिङ कलेज, कालिमाटीले तीन दिने बृहत प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीको आज अन्तिम...

    कमलविनायक–नगरकोट सडक निर्माण कम्पनीले नै गरे सम्झौता रद्दको घोषणा

    भक्तपुरको कमलविनायक–नगरकोट सडक सुधार एवम् बिस्तारको जिम्मा पाएको नेपाली निर्माण कम्पनी सैलुङ्ग कन्सट्रक्सन (एससीसीपीएल) र...

    रास्वपा सभापति रवि ८४ दिनपछि रिहा

    पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ६५ लाख...