News Portal

  • एमाले अध्यक्ष ओलीलाई कारवाहीको माग गर्दै भक्तपुर सिडिओमा उजुरी, दर्ता नहुँदा निराश

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १६ माघ २०७८
    १४८५ पटक
    भक्तपुर, १६ माघ २०७८

    पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली विरुद्ध जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी परेको छ । अध्यक्ष ओलीले संक्रामक रोग ऐन २०२० उलंघन गरेको आरोप लगाउदै उजुरी परेको हो ।

    उनी आफू कोभिड संक्रमित भएर पनि सार्वजनिक कार्यक्रममा सरिक भएकोले उनलाई कारवाहीको माग गरिएको छ । नेकपा एमालेको भातृ संगठन युवा संघले बालकोटमा आयोजना गरेको रक्तदान कार्यक्रममा अध्यक्ष ओली सहभागी भएको विषयलाई उत्घृत गर्दै उजुरीमा ओलीले संक्रामक रोग ऐन २०२० विपरित कार्य गरेको जिकिर गरिएको छ ।

    आफू कोरोना संक्रमित भएको जानीजानी सार्वजनिक स्थलमा गई अन्य व्यक्तिहरुसँग सम्पर्कमा आएर कोरोना फैलाउने कार्य गरेकोले उनलाई कारवाही नभए अन्य संक्रमितले पनि आफूलाई आइसोलेट नगरी समाजमा अझ संक्रमण बढाउँन सक्ने चिन्ता व्यक्त गरिएको छ ।

    उजुरीसंगै ओली सहभागी कार्यक्रमको विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशित समाचारलाई प्रमाणको रुपमा पेस गरिएको छ ।

    ओलीलाई माघ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने उनी गत १२ गते बालकोट चोकमा आयोजित रक्तदान कार्यक्रममा सहभागी भएका थिए ।

    पूर्वप्रधानमन्त्री ओलीलाई कारवाहीको माग गरि उजुरी परेको विषयमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासंग बुझ्दा उनले निवेदन परेको भन्ने कुराको पुष्टि भने गरिनन् । आफू आइतवार कार्यालय बाहिर भएकोले त्यसबारे बुझेर जानकारी गराउने उनले बताइन् ।

    जिल्ला प्रशासन कार्यालय श्रोतले भक्तपुर पोस्टलाई दिएको जानकारी अनुसार भने उजुरी कार्यालयमा दर्ता गरिएको छैन । प्रमुख जिल्ला अधिकारी शर्मा उजुरीको पूर्व सूचना पाएर कार्यालय बाहिर भएपछि उजुरी दर्ता हुन नसकेको श्रोतको दावी छ । ”आफूलाई कानुनका विद्यार्थी बताउने विद्यार्थीहरु सिडिओ सा’बलाई सम्बोधन गरेर पूर्वप्रधानमन्त्री ओली विरुद्ध उजुरी लिएर आउनुभएको थियो तर सिडिओ सा’ब कार्यालयमा नहुनु भएको कारण दर्ता भएको छैन ।” श्रोतले भन्यो ।

    संक्रामक रोग ऐन २०२० अनुरुप कारवाहीको अधिकार सिडिओसंग मात्र भएकोले सिडिओको अनुपस्थितिमा उजुरी दर्ता नभएको बताइएको छ ।

    उजुरी लिएर आएका विद्यार्थीहरु उजुरी दर्ता नहुँदा निराश देखिएका थिए । यद्यपी उनीहरुले कानुनी राज्यमा सानालाई मात्र नभई ठुलालाई पनि समान रुपले कानुन लाग्ने र पूर्वप्रधानमन्त्री ओलीलाई कारवाही हुने विश्वास व्यक्त गरेका श्रोतले जनाएको छ ।

    व्यक्तिगत गोपनीयताका लागि उजुरीकर्ताहरुको नाम गोप्य राखिएको छ । : सम्पादक

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...