News Portal

  • खरिपाटीमा सडक दुर्घटना हुँदा स्थानीय युवकको घटनास्थलमै निधन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २० माघ २०७८
    १५३४ पटक
    भक्तपुर, २० माघ २०७८

    भक्तपुरको चाँगुनारायण ७ स्थित खरिपाटीमा सडक दुर्घटना हुँदा मोटरसाइकल चालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा स्थानीय युवक २४ वर्षीय संजोग गिरी रहेका छन् ।

    बिहीवार दिउँसो करिब साढे १ बजे गिरीले चलाएको प्रदेश नं ३-००१ प १४७७ नं को एफजेड मोटरसाइकल र बा. ५ ख. १६२५ नं. को मिनि टाटा ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको डिएसपी राजु पाण्डेले जानकारी गराए । मिनि ट्रक र चालक सिन्धुपाल्चोकको बाह्रविसे ७ नाकुचे घर भई हाल भक्तपुर ८ लिवाली बस्ने ३४ वर्षीय राम आचार्य महानगरीय प्रहरी वृत्त जगातीको नियन्त्रणमा रहेका डिएसपी पाण्डेले जनाएका छन् ।

    घटनास्थलमा महानगरीय प्रहरी परिसर, भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरी थप अनुसन्धान कार्य भईरहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...