News Portal

  • स्वास्थ्य निर्देशनालयद्वारा ख्वप: अस्पतालको स्थलगत अनुगमन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २१ माघ २०७८
    ८०० पटक
    khwopa aspatalभक्तपुर, २१ माघ २०७८

    बागमती प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयका अनुगमनकर्ताहरुले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको स्थलगत अनुगमन गरेका छन् । वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाको नेतृत्वमा आएको अनुगमन टोलीले नगर अस्पतालको अनुगमन शुक्रबार अनुगमन गरेको हो ।

    अनुगमन टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख एवम् ख्वप अस्पताल सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले स्वागत गर्नुका साथै अस्पतालको सेवा प्रवाहबारे जानकारी गराए । प्रमुख प्रजापतिले उक्त अवसरमा अस्पतालको अवस्था र आवश्यकताबारे समेत अवगत गराएका थिए ।

    नगर प्रमुख प्रजापतिले जनताको माग र आवश्यकताअनुसार नगरपालिकाले सुविधासम्पन्न ख्वप अस्पताल सञ्चालनमा ल्याएको बताउदै ख्वप अस्पताललाई स्तरोन्नति गर्दै १ सय शैया क्षमताको अस्पताल सञ्चालनको लागि आवश्यक सहयोगको गरिदिन समेत आग्रह गरेका नगर प्रमुखको प्रेस संयोजक कीर्तिका प्रजापतिले जनाएकी छन् ।

    अनुगमनका क्रममा बागमती प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. झाले ख्वप अस्पतालको भौतिक पूर्वाधार नेपाल सरकारले तोकेको मापदण्डअनुरुप नै भइरहेको भन्दै सन्तोष व्यक्त गरे ।

    उनले नगरपालिकाबाट सञ्चालित ख्वप अस्पताल अनुकरणीय, अतुलनीय र उदाहरणीय भएको बताउदै शिक्षा, स्वास्थ्य तथा विकास निर्माणका गतिविधिहरूमा अन्य स्थानीय तहले भक्तपुर बाट सिक्नुपर्ने समेत बताए ।

    ख्वप अस्पतालको भौतिक संरचना अपांगमैत्री हुनुपर्ने र जनतालाई सहज रुपमा स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पतालले विशेष ध्यान दिने उनले विश्वास व्यक्त गरे ।

    अनुगमन टोलीमा प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका वरिष्ठ नर्सिङ प्रशासक साबित्रीकुमारी पौडेल, भक्तपुर अस्पतालकी नर्सिङ अधिकृत रोशनी श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका रेडियोलोजिष्ट डा. रुपेन्द्र खड्की, ल्याब टेक्निसियन इन्चार्ज सुशिल आचार्य लगायतको उपस्थिति रहेको थियो ।

    टोलीले निर्माणाधीन ख्वप अस्पताल, ब्रम्हायणीस्थित ख्वप अस्पताल कोभिड युनिट, छात्ती पुनःस्थापना केन्द्रको समेत स्थलगत निरीक्षण गरेको थियो ।

    नगरपालिका द्वारा संचालित ख्वप: अस्पतालले बिरामीहरूलाई २४ सै घण्टा इमर्जेन्सी सेवा, ल्याब, एक्स रे र फार्मेसी सेवा, स्त्री रोग, जनरल सर्जरी, बाल रोग, हाडजोर्नीलगायतका सेवाहरू नियमित सञ्चालनमा ल्याएको छ । स्वास्थ्य सेवालाई सुलभ र सरल बनाइ जनताको पहुँचमा पुर्याउन अस्पताल क्रियाशील रहेको देखिन्छ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...