News Portal

  • अध्यापन अनुमति पत्रको विज्ञापन खोल्न मन्त्री पौडेलको निर्देशन

    भक्तपुरपोस्ट संवाददाता सानोठिमी, २५ माघ २०७८
    ७४७ पटक
    devendra paudelसानोठिमी, २५ माघ २०७८

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले अध्यापन अनुमती पत्रको परीक्षा अविलम्ब सुचारु गर्न निर्देशन दिएका छन् । उनले शिक्षक सेवा आयोगलाई अध्यापन अनुमति पत्रको विज्ञापन चाँडै खोल्न र परीक्षा लिन निर्देशन दिएका हुन् ।

    सानोठिमीस्थित शिक्षक सेवा आयोगको २३औं स्थापना दिवसको अवसरमा मंगलवार आयोजित सभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले भने, ”कानुनी अप्ठयारा भए ल्याउनुस छलफल गरी निकास निकालौ ।” शिक्षक लाइसेन्सको परीक्षा रोकिदा शिक्षक बन्ने योग्यता बोकेका विद्यार्थीहरु मर्कामा परेका उनको भनाइ छ ।

    मन्त्री पौडेलले शिक्षकहरुको अधिकार राज्यले परिपूर्ति गर्दै गइरहेको बताउँदै शिक्षकहरु पेशाप्रति पूर्ण प्रतिवद्ध र इमान्दार हुनुपर्ने आवश्यकता समेत औल्याए ।

    “शिक्षक, व्यवस्थापन समिति, अभिभावक बढी राजनीतिज्ञ हुँदा सार्वजनिक शिक्षा नसुध्रेको म्यासेज छ,” उनले भने,“यसलाई शिक्षककै व्यवहार र दक्षताले जवाफ दिनुपर्छ ।” मन्त्री पौडेलले शिक्षक नयाँ प्रविधिसँग अपडेट हुनुपर्नेमा समेत जोड दिदै आयोगले यसबारे परीक्षामा ध्यान पुर्याउनुपर्ने प्रष्ट पारे ।

    शिक्षक सेवा आयोग, शिक्षक महासंघ र मन्त्रालयको सम्बन्ध शरीरको मांसपेशी जस्तै भएको भन्दै उनले सार्वजनिक शिक्षा सुधारका लागि सबैको उतिकै भूमिका रहने बताए । आफूले शिक्षकलाई निजामती सरह सेवा सुविधा र सम्मान दिलाउन प्रयास गरिरहेको समेत उनले खुलासा गरे ।

    शिक्षक सेवा आयोगले शिक्षक दरबन्दी परिपूर्तीका लागि विज्ञापन खुलाई दरखास्त लिएको, शिक्षकको आन्तरिक बढुवाको प्रक्रिया अगाडि बढाएको प्रति उनले सन्तोष व्यक्त गरेका थिए ।

    कार्यक्रममा राज्यमन्त्री बोधकुमारीमाया यादव, सचिव यादवप्रसाद कोइराला, आयोगका अध्यक्ष मधुसुदन रेग्मी लगायतले आयोगको काम, कर्तब्य र अवस्थाबारे अवगत गराएका थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...