News Portal

  • एमसीसी विरुद्ध भक्तपुर वाइसीएलको राजमार्गमै मसाल जुलुस

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ५ फागुन २०७८
    २३३१ पटक
    भक्तपुर, ५ फागुन २०७८

    अमेरिकी सहयोग कम्प्याक्ट एमसीसीको विरुद्धमा योङ्ग कम्युनिस्ट लिग, नेपाल(वाइसीएल,नेपाल) भक्तपुरले मसाल जुलुस गरेको छ । सयौं वाइसीएल कार्यकर्ताले भक्तपुरको सूर्यविनायक स्थित अरनिको राजमार्गमा मसाल जुलुस गरेका हुन् ।

    नेकपा (माओवादी केन्द्र)ले यथास्थितिमा एमसीसी पारित नगर्ने स्पस्ट अडान लिएपछि उसको सहायक संगठन वाइसीएलले एमसीसी बिरुद्ध सडक आन्दोलन तताएको हो । बुधवार बानेश्वरस्थित शान्तिपूर्ण संसद भवन घेराउको क्रममा केन्द्रीय अध्यक्ष सुमन देवकोटा नै घाइते भएपछि वाइसिएल आक्रामक बनेको छ । प्रहरी दमनलाई चुनौती र एमसीसी पक्षधरलाई चेतावनी दिन बिहीवार साझ मसाल जुलुस गरिएको वाइसीएल नेता कृष्णमान बनमालाले बताए । शुक्रबार हुने बानेश्वर केन्द्रीत आन्दोलको तयारीको रुपमा समेत मसाल लुजुसलाई सम्पन्न गरिएको बताइएको छ ।         वाइसीएल केन्द्रीय सदस्य एवम् भक्तपुरको इन्चार्ज दिनेश थपलिया आक्रोश र जिल्ला संयोजक नरेश रन्जितको नेतृत्वमा भएको मसाल जुलुसमा वाइसीएल केन्द्रीय सदस्य नरेश वाइवा,राजु कुटु, वाइसीएल भक्तपुर नगर अध्यक्ष राज वाग्ङयो,सूर्यविनायक अध्यक्ष सुरेन्द्र सुवाल, चागुनारायणको अध्यक्ष लक्ष्मण दुलाल त्यसैगरी बिक्रम ह्याङ्बो,रोशन बासुकला, दिपेश लामिछाने लगायतको उपस्थिति रहेको थियो ।      वाइसीएलको मसाल जुलुसलाई साथ दिन माओवादी केन्द्रको जिल्ला पार्टीका नेता सुनिल बासु, पार्टीका भक्तपुर नगर अध्यक्ष राकेश सुवाल, उपाध्यक्ष श्रीराम सुवाल,चागुनारायण नगर उपाध्यक्षद्वय सुमन दाहाल र बिनोद लामिछाने लगायतको पनि सहभागिता रहेको मसाल जुलुस कार्यक्रम संयोजक एवम वाइसीएल भक्तपुरका सचिव सरराज उप्रेतीले जानकारी गराए ।                               

    प्रतिकृया दिनुहोस्

    अनेसास केन्द्रीय कार्य समितिले पायो पूर्णता, सम्पादक समेत नियुक्त

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिले विभिन्न पदाधिकारीहरूको मनोनयन गरेको छ । अध्यक्ष सर्वज्ञ...

    शहिद परिवारबाट दीप प्रज्जलन गरी मध्यपुरमा मनाइयो संविधान दिवस

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले मध्यपुर थिमिमा दीप प्रज्जलन गरी संविधान दिवस मनाएको छ...

    माओवादी नभएको भए वर्तमान संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव थिएन : बिडारी

    संविधान सभा सदस्य रामनारायण बिडारीले माओवादी जनयुद्धकै कारण वर्तमान संविधान बनेको र संघीय लोकतान्त्रिक गणतन्त्र...

    भक्तपुरमा सक्रिय दुई ग्रुप निलम्बनमा

    भक्तपुरमा सक्रिय दुई ग्रुप निलम्बनमा परेका छन् । सामाजिक सञ्जाल फेसबुकले ती दुई ग्रुपलाई निलम्बनमा...

    सडक डिभिजन भक्तपुरका प्रमुख मरासिनीको सरुवा, फेरि आए योगेश

    सडक डिभिजन भक्तपुरका प्रमुख रहेका सि.डि.ई. मेघराज मरासिनीको सरुवा भएको छ । दुई वर्षे कार्यकाल...