News Portal

  • सरकारलाई विश्वविद्यालय भन्दा सीटीईभीटीकै भर : मन्त्री पौडेल

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १२ फागुन २०७८
    ११३२ पटक
    ctevtभक्तपुर, १२ फागुन २०७८

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नेपालमा प्राविधिक तथा व्यवसायिक शिक्षाको विकाश नहुने हो भने बिदेशीको प्रगती टुलुटुलु हेरेर बस्नुको बिकल्प नहुने बताएका छन् । भारत र चीनले प्रविधि र व्यवसायमा प्रगती गर्नु त्यहाँको शिक्षाको प्रतिफल भएको भन्दै मन्त्री पौडेलले उनीहरुबाट नसिक्ने हो भने बीचमा बसेर टुलुटुलु हेर्नुको बिकल्प नहुने बताएका हुन् ।

    बिहीवार प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद(सीटीईभीटी)को ३४ औं वार्षिकोत्सव कार्यक्रमलाई सानोठिमीमा सम्बोधन गर्दै मन्त्री पौडेलले सो कुरा बताए । देश बिकासका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन र आपूर्ती समेत सीटीईभीटीले गर्नुपर्ने मन्त्री पौडेलले स्पष्ट पारे ।

    उक्त अवसरमा मन्त्री पौडेलले विश्वविद्यालयहरुले सरकारलाई  नटेर्ने गरेको खुलासा गर्दै सरकारको भिजन अनुसारको जनशक्ति उत्पादनको जिम्मेवारी सीटीईभीटीले लिनुपर्ने आवश्यकता समेत औल्याए ।”विश्वविद्यालयहरुलाई अन्तराष्ट्रिय र अटोनोमोस हौँ भन्ने छ, हामीले ज्यादा निर्देशन दिन सक्दैनौ । हाम्रो आवश्यकता अनुसार जनशक्ति उत्पादनमा सीटीईभीटी लाग्नुपर्छ ।” उनले भने । सरकार जनशक्ति उत्पादनमा विश्वविद्यालय भन्दा यसकै भर पर्ने गरेको समेत उनले जानकारी गराए ।

    शिक्षालाई बैज्ञानिक,व्यवसायिक,नि:शुल्क र व्यवहारिक बनाउनुपर्ने भन्ने कुरा संविधानमै लेखिएको भन्दै मन्त्री पौडेलले त्यसलाई बोकेर अघि बढ्न सीटीईभीटीले सक्ने विश्वास व्यक्त गरे । संविधानमा लेखिएको कुरा कार्वान्वयन गराउनु आफूहरुको कर्तब्य भएको भन्दै उनले त्यसका लागि सीटीईभीटीलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत प्रकट गरे ।

    सीटीईभीटीले शिक्षालाई व्यवहार, श्रम र आयसंग जोडेर शिक्षा दिइरहेको प्रति सन्तोष व्यक्त गर्दै उनले सिक,कमाउ र तिरको अवधारणा प्रभावकारी हुने बताए । सीटीईभीटीले शैक्षिक बेरोजगारी अन्त्य गर्ने पनि उनले बिश्वास व्यक्त गरे । उनले विदेशीने युवाहरुलाई रोक्न समेत सीटीईभीटीको शिक्षाले योगदान गर्ने र युवाहरुलाई स्वदेशमै श्रम र उत्पादनमा जोड्न सकिने जिकिर गरे ।

    कार्यक्रममा मन्त्री पौडेलले सीटीईभीटीका कर्मचारीहरुमा ठुलो भिजन चाहिने बताउदै व्यक्तिगत र पेशागत स्वार्थमा नअल्मलिन सुझाव दिए । सीटीईभीटीको नेतृत्वले प्राविधिक तथा व्यवसायिक शिक्षाको बिकाशको स्पष्ट योजना ल्याउनुपर्ने आवश्यकता औल्याउँदै मन्त्री पौडेलले त्यसलाई पूरा गर्न सक्दो सहयोग गर्ने बचन दिए ।

    सीटीईभीटीका कार्यकारी उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य सचिव जीव नारायण काफ्लेले कामको वार्षिक विवरण पेश गरेका थिए । उक्त अवसरमा राज्यमन्त्री बोधमायाकुमारी यादव, सचिव यादवप्रसाद कोइराला, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा, कलेज संचालक सैलेन्द्रमोहन झा, राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष तेजबहादुर खत्री, कर्मचारी संघका अध्यक्ष दीपक टन्डन लगायतले शुभकामना मन्तब्य राखेका थिए भने कार्यक्रममा भक्तपुर सिडिओ रुद्रादेवी शर्मा, सहसचिवहरु कमलप्रसाद पोखरेल र शिव कुमार सापकोटा,भक्तपुर एसपी शिव कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजीप घिमिरे शुभचिन्तक लगायतको आतिथ्यता रहेको थियो ।

    कार्यक्रमको अवसर पारेर सीटीईभीटीले एकजनालाई सर्वोत्कृष्ट कर्मचारी पुरस्कार र ४ जनालाई उत्कृष्ट कर्मचारी पुरस्कार समेत प्रदान गरेको छ । पचास हजार राशीको सर्वोत्कृष्ट पुरस्कार पाउनेमा हरि पाैडेल परेका छन् भने पच्चीस हजार राशी सहित कर्मा सेर्पा, मिना खरेल, अनिलमुनी बज्राचार्य र जगदिश सुवेदीले उत्कृष्ट कर्मचारी पुरस्कार प्राप्त गरेका प्रशासनका उपसचिव रोहित दहालले जानकारी दिए ।उपसचिव दहालका अनुसार कार्यक्रममा यो वर्ष सेवा निबृत्त भएका कर्मचारीहरुलाई अभिनन्दन र बिदाइ समेत सम्पन्न गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...