News Portal

  • प्रदेश सरकारले हटाएका अध्यक्ष सुवालको पक्षमा अन्तरिम आदेश

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १३ फागुन २०७८
    २१०८ पटक
    भक्तपुर, १३ फागुन २०७८

    भक्तपुर अस्पताल ब्यवस्थापन समितिमा दुईजना अध्यक्ष भएका छन् । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले हटाएका मिलन सुवालको पक्षमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिए संगै दुईजना अध्यक्ष भएका हुन् । प्रदेश सरकारले सुवाललाई हटाएर रमण कायस्थलाई अध्यक्ष बनाएको छ र कायस्थले कार्यभार समेत सम्हालीसकेका छन् ।

    शुक्रबार भक्तपुर अस्पतालका सुवाल सहित अन्य ४ अस्पतालका अध्यक्षहरुको पक्षमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीस हरिप्रसाद फुयाँलको एकल इजलासले बागमती प्रदेश अन्तर्गतका ४ वटा अस्पतालका अध्यक्षका पक्षमा अल्पकालीन अन्तरिम आदेश दिएको भक्तपुर अस्पतालका अध्यक्ष मिलन सुवालले पुष्टि गरे ।                          प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले उनीहरुलाई एक साता अघि हटाउने निर्णय गरेको थियो । त्यसको विरुद्धमा उनीहरु सर्वोच्च अदालतको ढोका ढकढक्याउन पुगेका थिए । सर्वोच्चले अन्तरिम आदेश दिएका अस्पताल व्यवस्थापन समितिका अध्यक्षहरूमा भक्तपुर अस्पतालका अध्यक्ष मिलन सुवाल, त्रिशुलीका अध्यक्ष अर्जुनप्रसाद न्यौपाने, रसुवाका रामशरण कुइकेल र धादिङ अस्पतालका अध्यक्ष महेन्द्र धमला क्षेत्री हुन  ।

    भक्तपुर अस्पतालको एक शताब्दी भन्दा लामो इतिहासमा आफ्नो कार्यकालमा सबैभन्दा राम्रो काम भएको भन्दै अध्यक्ष सुवालले गैरकानुनी ढंगले आफूलाई हटाइएको बताउदै आएका छन् । शुक्रबारको अन्तरिम आदेशप्रति खुशी ब्यक्त गर्दै उनले सर्वोच्चको अन्तिम फैसला पनि आफूहरुकै पक्षमा आउने विस्वास ब्यक्त गरेका छन् ।

    बागमती प्रदेशको स्वास्थ मन्त्रालयले एक साता अघि अध्यक्ष हटाएको र त्यसको दुई दिन नबित्तै मेसु डाक्टर सुमित्रा गौतमको सरुवा गरेको प्रति अस्पतालका कर्मचारी र सेवाग्राहीहरु असन्तुष्ट रहदै आएका छन् । ११७ वर्षको अस्पतालको इतिहासमा अध्यक्ष सुवाल र मेसु गौतमको ट्युनिङ मिल्दा अस्पतालले नयाँ उचाइ प्राप्त गरेको थियो । एउटै पनि आइसियु नभएको अस्पतालमा पहिलोपटक ३ दर्जन आइसियु बेड सहितको आइसियु संचालनको श्रेय उनीहरुले पाएका छन् । त्यतिमात्र होइन, रिफर सेन्टरको रुपमा बद्नाम भक्तपुर अस्पतालले उनीहरुको कार्यकालमा काचुली फेरेको र साच्चिकै अस्पताल जस्तो बनेको स्थानीयको अनुभव छ ।

    उनीहरुको कुसल नेतृत्वले कोभिडको समयमा कोभिड विशेष अस्पतालको रुपमा भक्तपुर अस्पतालले भक्तपुर बासीलाई मात्र नभई आसपासका जिल्लाका संक्रमितको उपचारमा समेत बिर्सनै नसक्ने योगदान गरेको छ । उनीहरुको कार्यकालमा भक्तपुर अस्पताल बागमती प्रदेशकै सर्वोत्कृष्ट अस्पतालको रुपमा प्रदेश सरकार बाट पुरस्कृत समेत भएको थियो भने उनीहरुले मिनि बीर अस्पतालको रुपमा भक्तपुर अस्पताललाई बिकास गरिएको दावी गरेका थिए ।

    शताब्दी पछि भर्खर तङ्ग्रदै गरेको अस्पतालमा राजनीतिक आस्थाका कारण नेतृत्व परिवर्तन हुँदा र सर्वोच्च अदालतले त्यसको विरुद्धमा अन्तरिम आदेश दिँदा भक्तपुर अस्पतालको नेतृत्व बिबाद बढ्ने देखिन्छ । यसले अस्पताल बिकासमा बाधा पुग्न सक्ने भन्दै अस्पतालका कर्मचारी,सेवाग्राही र शुभचिन्तकहरु चिन्तित बनेका छन् ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...