News Portal

  • क्षयरोग नियन्त्रणमा स्थानीय सरकारलाई उत्तरदायी बनाइने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १० चैत २०७८
    ८१९ पटक
    TB day at bhaktapurभक्तपुर, १० चैत २०७८

    स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले क्षयरोग नियन्त्रणलाई थप प्रभावकारी बनाइने बताएका छन् । प्रत्येक स्थानीय तहलाई विशेष कार्यक्रम मार्फत क्षयरोग मुक्त गर्दै क्षयरोग मुक्त नेपाल बनाउने योजना अनुरुप सरकार लागिरहेको उनले बताएका हुन् ।

    बुधवार विश्व क्षयरोग दिवसको अवसर पारेर ठिमीस्थित राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रमा आयोजित विशेष कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले सबै जिल्लामा क्षयरोग नियन्त्रण कार्यक्रम सफलतापूर्वक संचालन भैरहेको भन्दै अब संघीयताको मर्म अनुरुप यस कार्यक्रमलाई पालीकामा लगी स्थानीय सरकारलाई उत्तरदायी बनाइने बताए ।

    कार्यक्रममा मन्त्री खतिवडाले नेपाली समाजमा रोग लुकाएर बस्ने प्रवित्ति रहेको र क्षयरोग नियन्त्रणमा यो चुनौतीको रुपमा देखिएको दावी गरेका छन् । उनले आम नागररिकलाई स्वास्थ्य परीक्षण गरी क्षयरोग भएमा निशुल्क स्वास्थ्य उपचार लिन अपिल समेत गरेका छन् ।

    उक्त अवसरमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी खापुङ्गले क्षयरोग हावाबाट फैलने घातक सरुवा रोग भएको भन्दै यसको नियन्त्रणमा सबैजना लाग्नुपर्नेमा जोड दिए । शहरी समाजमा भन्दा ग्रामिण भेगमा अझैपनि बिरामी हुँदा स्वास्थ्य सस्थामा नजाने रुढिवादी प्रचलन रहेको प्रति दुख व्यक्त गर्दै उनले समाजमा स्वास्थ्य सचेतना फैलाउन संगठित रुपमा रहेका राजनीतिक दलहरुको समेत कर्तब्य भएको उल्लेख गरे ।

    त्यसैगरी मन्त्रालयकी सचिव देव कुमारी गुरागाईले क्षयरोग नियन्त्रणमा सरकारी सहयोगका अलावा राजनीतिक प्रतिवद्धता र नवीन कार्यक्रमसहितको योजना कार्यान्वयन गर्ने नेतृत्वको आवश्यकता औल्याइन ।

    उक्त अवसरमा कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र ठिमीका कार्यालय प्रमुख डा संजय कुमार ठाकुरले नेपाल विश्वमै औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएको २२ औं देशको रुपमा रहेको तथ्य पेश गरे । नेपालमा हरेक वर्ष सरदर ४४ हजार जना क्षयरोगबाट संक्रमित हुने र त्यस मध्ये ५ देखि ७ हजार जनाले वर्षेनी ज्यानै गुमाउने उनले उल्लेख गरे ।

    यद्यपी, नेपालमा क्षयरोगको संक्रमण दर भने घट्दो दरमा रहेको अध्ययन र रिपोर्टहरुले देखाएका उनको दावी छ । क्षयरोग संक्रमितहरुको पहिचान र समयमै उपचार भए क्षयरोग नियन्त्रण हुनसक्ने भन्दै उनले यसमा सबैको हातेमालो हुनुपर्नेमा जोड दिए । मुख्यतः क्षयरोगको जोखिममा रहेका महिला-बालबालिका, एच. आई. भी. संक्रमित, मधुमेहका बिरामीहरु, शरणार्थीहरु, कैदी-बन्दीहरुका साथै आर्थिक अभाव र आधारभूत स्वास्थ्य सेवाबाट बन्चित जनताहरु तर्फ बिशेष ध्यान पुर्याउनु पर्ने उनको भनाइ छ ।

    कार्यक्रममा क्षयरोग नियन्त्रणमा विशेष योगदान पुर्याइरहेका बिभिन्न व्यक्तित्वहरुलाई सम्मानित समेत गरिएको थियो ।

    ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔं, जीवन बचाऔं’ भन्ने नाराका साथ ठिमीस्थित राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको आयोजनामा विश्व क्षयरोग दिवस मनाइएको हो । २४ मार्च १८८२ मा चिकित्सक रोबर्ट कोचले शरीरमा क्षयरोगको किटाणु पत्ता लगाएकाले त्यसैको स्मरणमा आजको दिनलाई विश्वभर क्षयरोग दिवसका रुपमा मनाउने गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...