News Portal

  • गएराति सृजनानगरमा दुर्घटना हुँदा रहेनन् एमाले नेता तिमिल्सिना

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १२ चैत २०७८
    १२२७ पटक
    भक्तपुर, १२ चैत २०७८

    भक्तपुरको छ लेन सडक अन्तर्गत सृजनानगरमा गएराति दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । ज्यान गुमाउने युवक चाँगुनारायण-८ सुडालका ३६ वर्षिय रमेश तिमिल्सिना भएको प्रहरीको भनाइ छ ।

    गएराति आफ्नै मोटरसाइकल बाट घर फर्कदै गरेका तिमिल्सिनालाई ८:०५ बजेको समयमा  भनपा-१ सृजनानगरस्थित बस पकेटमा सोही दिशातर्फ आइरहेको बा. ४ ख. २००१ को हेलम्बु यातायातको बसले ठक्कर दिएको थियो । गम्भीर घाइते उनलाई उपचारको लागि सल्लाघारीस्थित डा इवामुरा अस्पताल पुर्याइएको तर, सम्बन्धित चिकित्सकले ८ :२५ बजेको समयमा नै उनलाई मृत घोषित गरिदिएका डिएसपी राजु पाण्डेले जानकारी दिए ।

    दुर्घटना पछि बस र त्यसका चालक फरार रहेकामा राति नै प्रहरी नियन्त्रणमा आएका बताइएको छ । बस चालक सिन्धुपाल्चोक पाँचपोखरी-७ का २८ वर्षिय सागरबिक्रम थापालाई नियन्त्रणमा लिइ दुर्घटनाबारे जगाती बृत्तले थप अनुसन्धान गरिरहेको छ ।

    मृतक तिमिल्सिना चाँगुनारायणका स्थानीय नेता समेत हुन् । उनी नेकपा (एमाले)का स्थानीय नेता भएका एमाले चागुनारायणका उपाध्यक्ष जयराम बास्तोलाले बताए । मृतक तिमिल्सिनाको शोकमा एमाले चाँगुनारायणले पूर्वनिर्धारित शनिवारका सबै कार्यक्रम स्थगित गरेको छ । उपाध्यक्ष बास्तोलाले तिमिल्सिनाको निधनले पार्टीलाई अपूर्णनीय क्षती भएको भन्दै घटनाको सत्यतथ्य छानवीन गरी दोषी उपर कडा कार्वाही हुनुपर्ने बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...