News Portal

  • जिल्ला प्रशासनलाई लाग्यो चुनाव : लाइसेन्स लिएका हतियार बुझाउन आदेश

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १३ चैत २०७८
    ८२७ पटक
    bhaktapur cdoभक्तपुर, १३ चैत २०७८

    स्थानीय तहको चुनाव नजिकिदै गर्दा जिल्ला प्रशासन कार्यालय भक्तपुर पनि चुनाव केन्द्रीत बनेको छ । जिल्लामा शान्ति सुरक्षाको जिम्मा पाएको जिल्ला प्रशासन कार्यालयले लाइसेन्स लिएर राखिएका हातहतियार बुझाउन आइतवार आदेश नै जारी गरेको हो ।

    निर्वाचनलाई भयरहित बनाउन यस्तो आदेश जारी गरिएको भक्तपुर सिडिओ रुद्रादेवी शर्माले जानकारी गराइन । गृहमन्त्री बालकृष्ण खाँडको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले गरेको निर्णय अनुसार इजाजत प्राप्त हतियार बुझाउन आइतवार सूचना जारी गरिएको उनको भनाइ छ ।

    लाइसेन्स प्राप्त हतियार बुझाउन चैत मसान्त सम्मको समयसीमा तोकिएको छ । इजाजत प्राप्त हतियार धनीले नजिकैको प्रहरी इकाइमा हतियार बुझाउन सक्ने व्यवस्था मिलाइएको जिप्रकाकी प्रशासकीय अधिकृत उर्मिला खतिवडा घिमिरेले बताइन । बुझाइएका ती हतियारहरु चुनाव पछि फिर्ता गरिने बताइएको छ ।

    सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको छ । व्यक्ति संग भएका हतियार चुनावमा दुरुपयोग नहोस भन्ने उदेश्यले  इजाजत प्राप्त हतियार बुझाउन सूचना जारी भएको हो ।

    हातहतियार तथा खरखजनासम्बन्धी ऐनमा सुरक्षा थ्रेट भएका व्यक्ति तथा आर्थिक कारोबार गर्ने संस्थाले इजाजत लिएर हतियार राख्न पाउने प्रावधान रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...