News Portal

  • माओवादी केन्द्रले भक्तपुरमा खोल्यो नगर कार्यालय : जनताको मनमा बस्न निर्देशन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १६ चैत २०७८
    २२२२ पटक
    bhaktapur maoistभक्तपुर, १६ चैत २०७८

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भक्तपुर नगर समितिले पार्टी कार्यालय संचालनमा ल्याएको छ । माओवादी केन्द्रको भक्तपुर नगर समितिले भनपा २ ब्यासीमा नगर समितिको कार्यालय संचालनमा ल्याएको हो ।

    मंगलवार नेकपा(माओवादी केन्द्र)का बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले उक्त कार्यालय उद्घाटन गरेका हुन् । नगर पार्टी कार्यालय उद्घाटन पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले माओवादी केन्द्र कमजोर पार्टी नभएको जिकिर गरे । देशको शासन व्यवस्था बदल्न नेतृत्व गरेको पार्टी माओवादी केन्द्र नै भएको भन्दै उनले अब जनताको अवस्था बदल्न विकास र सम्वृद्धिको नेतृत्व गर्नसक्ने पार्टी पनि माओवादी केन्द्र नै भएको दावी गरे ।

    उनले नजिकिदै गरेको स्थानीय निर्वाचनमा जित्ने आधारहरु प्रस्तुत गर्दै भक्तपुर नगरमा हतोत्साही हुनुपर्ने अवस्था नरहेको प्रष्ट पारे । राजनीति लामो समयका लागि भएको भन्दै अध्यक्ष पौडेलले ०६४ सालमा फर्केर उर्जा प्राप्त गर्न स्थानीय नेताहरुलाई निर्देशन दिए । ”विगतबाट शिक्षा लिऔं, वर्तमानमा धैर्यतापूर्वक कर्म गरौँ र भविष्यप्रति उत्साहित बनौं ।”अध्यक्ष पौडेलले भने । यो देशमा समाजवाद ल्याउन सक्ने पार्टी माओवादी केन्द्र मात्रै भएको भन्ने बुझाउन सके भक्तपुर फेरिपनि माओवादीमय बन्ने उनले बिश्वास व्यक्त गरेका छन् ।

    उनले माओवादी संसदीय अभ्यासमा नयाँ भएकोले पुराना दलहरुले पछि पार्न खोजिरहेका जस्तो देखिएपनि राजनीतिको शिर्षस्थानमा माओवादी भएको र देश माओवादी एजेण्डामै चलेको प्रति गर्व गर्नुपर्ने आवस्यकता औल्याए । माओवादीविरुद्ध यथास्थितिबादी र प्रतिगामीहरुले भ्रम फ़ैलाउदा जनताहरु अलमलमा परेका जिकिर गर्दै अध्यक्ष पौडेलले जनताको घरघरमा गएर जनतालाई भ्रमबाट मुक्त गराउन सके देशैभर र भक्तपुरमा पनि पार्टीप्रति पहिले जस्तै उभार प्राप्त हुने प्रष्ट पारे । ” स्थानीय निर्वाचनलाई जनताको घरमा पस्ने मात्र होइन, जनताको मनमा बस्ने अवसरको रुपमा सदुपयोग गर्नुस ।” उनले निर्देशन दिए ।

    अध्यक्ष पौडेलले बागमती प्रदेशले नेताकार्यकर्ताहरुको मूल्यांकन बिधि बनाइरहेको खुलासा गर्दै अब नेताको वरिपरि घुमेर नेता बन्ने दिनको अन्त्य गरिने उद्घोष समेत गरे । नेताको वरिपरि नभई जनताको वरिपरि रहन र नेताको नभई, जनताको प्यारो बन्न प्रेरित गर्दै उनले स्थानीय निर्वाचन नेता कार्यकर्ताहरुको पनि परीक्षाको समय भएको बताए ।

    पार्टीका नगर अध्यक्ष राकेश सुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भक्तपुरबाट केन्द्रीय सदस्यहरु देवेन्द्र श्रेष्ठ र डिपी ढकाल त्यसैगरी जिल्ला संयोजक सुनिल गोठे बासु, सचिव जीवन तज, प्रदेश सदस्यहरु रामशरण दाहाल,युवराज आचार्य, दिनेश थपलिया आक्रोश लगायत सहभागी रहेका थिए ।

    उक्त अवसरमा वाइसिएलको भक्तपुर नगर कार्यालय समेत उद्घाटन भएको वाइसिएलका जिल्ला संयोजक नरेश रन्जितले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...