News Portal

  • अध्यक्ष बिजुक्छेंद्वारा ८० लाख अनुदान वितरण

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १६ चैत २०७८
    ८९५ पटक
    bhaktapur-municipality-anudan-bitaran.jpgभक्तपुर, १६ चैत २०७८

    भक्तपुर नगरभित्र परम्परागत शैलीमा घर निर्माण गर्ने नगरवासीहरुलाई मोहडामा प्रयोग भएको काठ, ईटा र झिंगटीको अनुदान वितरण कार्यक्रम सम्पन्न भएको छ । मंगलवार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा प्रमुख अतिथि रहेका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें २६ जनालाई अनुदान वितरण गरेका हुन् । अनुदान कूल ७९ लाख ८३ हजार ९२५ रुपैंया रहेको नगरपालिकाले जनाएको छ ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष विजुक्छेंले नगरभित्र परम्परागत शैलीमा घर निर्माण गर्ने अभियान नै सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याउदै आधुनिक शैलीका घर निर्माणले देश परनिर्भरतातर्फ उन्मूख हुँदै गएको उल्लेख गरेका छन् ।
    पुराना घरको संरचनाहरुमा प्राविधिक र वैज्ञानिक आधार रहेको बताउदै उनले परम्परागत, स्थानीय सामग्री तथा सीपको प्रयोग गरी पुरानै शैली र संरचनामा घर निर्माण गर्नेलाई नगरपालिकाले प्रोत्साहित गर्नुपर्ने प्रष्ट पारे ।

    मूर्त र अमूर्त सम्पदाहरुको संरक्षण सबैको जिम्मेवारी भएकोमा जोड दिदै अध्यक्ष बिजुक्छेंले पुराना पुस्ताको अनुभव नयाँ पुस्तालाई पुस्तान्तरण गर्दै नगरको कला संस्कृति, सम्पदा संरक्षण लगायत समग्र विकासमा अगाडि बढ्न नगरबासी र नगरपालिकाले हातेमालो गर्नुपर्ने बताए ।

    कार्यक्रमका सभापति एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगर क्षेत्रमा परम्परागत शैलीको घर तथा भवन निर्माण गर्न मोहडा तर्फ प्रयोग हुने काठ, ईटा र झिंगटी खरिदको लागि भक्तपुर नगरपालिकाले लागेको खर्चमा ३५ प्रतिशत अनुदान वितरण गर्दै आएको जानकारी गराए ।
    उनले नेमकिपाका अध्यक्ष विजुक्छेंद्वारा लिखित “१०० वर्ष पछिको भक्तपुर”मा उल्लेख भए अनुसार १०० वर्ष पछिको भक्तपुरको परिकल्पना अनुरुप भक्तपुर नगरपालिकाले पुराना शैलीका घर निर्माणमा अनुदान दिंदै नगर प्रवेश गर्ने ७ वटा पुलहरु निर्माण गरिरहेको र युवाहरुलाई भाषा प्रशिक्षण लगायतका कार्यलाई जोड दिइरहेको बताए ।

    विभिन्न नगरपालिकाबाट अवलोकन भ्रमणका क्रममा भक्तपुर आउने जनप्रतिनिधिहरुले भनपाले शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणमा गरिरहेको कार्यलाई अनुकरणीय रहेको र आ–आप्mनो स्थानीय तहमा लागू गर्ने विचार व्यक्त गरेको स्मरण गर्नुहुँदै प्रमुख प्रजापतिले भनपा देशभरकै स्थानीय तहहरुका लागि नमूनाको रुपमा अगाडि बढिरहेको दावी समेत गरे ।

    कार्यक्रममा बागमती प्रदेशका सभासद सुरेन्द्रराज गोसाई,गरपालिकाका उपप्रमुख रजनी जोशी,दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालयका कार्यालय प्रमुख अरुणा नकर्मी,वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व र भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी लगायतले पनि बिचार व्यक्त गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...