News Portal

  • भक्तपुरमा दुर्गा प्रसाईको शक्ति प्रदर्शन : २२ हजार एमाले प्रवेशको हल्ला, २ सय उपस्थित

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १६ चैत २०७८
    ६५९७ पटक
    भक्तपुर, १६ चैत २०७८

    सत्तारुढ गठबन्धनले चुनावी मैदानमा समेत एक्ल्याउने नीति लिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) प्रचार राजनीतिमा पुगेको देखिन्छ । सत्तारुढ गठबन्धनको चुनावी एकतालाई एमालेदेखि डराएर गरिएको एकताको संज्ञा दिंदै एमाले प्रचार राजनीतिमा उत्रिएको हो ।

    बुधवार एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक ८ मा आयोजित एक तरकारी बजार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कार्यक्रममा २२ हजार मानिसहरु बिभिन्न पार्टी परित्याग गर्दै एमाले प्रवेश गर्ने उद्घोष गरे । मुस्किलले १ हजार मानिस उपस्थित उक्त सभामा २२ हजार प्रवेश गर्दै भन्ने कुराले सहभागीहरु नै अलमलमा परेका देखिन्थे । तर पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली रोकिएनन । उनले भने,”आजै २२ हजार प्रवेश गर्दै हुनुहुन्छ, यसले देखाउँछ एमाले कुन ठाउँमा छ ।”

    २२ हजार प्रवेश गर्ने भनिएको कार्यक्रममा एमाले अध्यक्ष ओलीले बिभिन्न जिल्लाबाट ४ वटा बसमा ल्याइएका करिब २ सय मानिसलाई मात्र पार्टी प्रवेश गराए । उनीहरुलाई पार्टी प्रवेशको प्रवन्ध बिबादित व्यवसायी दुर्गा प्रसाईले मिलाएका थिए । प्रसाई तत्कालिन नेकपा कालमा अध्यक्षद्वय ओली र प्रचण्डलाई मार्सी चामलको भात खुवाएको फोटो फेसबुकमा हालेर भाइरल भएका व्यवसायी हुन् । बि एण्ड सी अस्पताल लगायत बिभिन्न व्यवसायमा संलग्न रहेका उनी पछिल्लो समय सूर्यविनायक ८ मा ३ वर्षदेखि संचालित तरकारी बजारको एमाले अध्यक्ष ओलीबाट उद्घाटन गराउन समेत सफल भएका छन् ।

    ३ वर्षमा ३ पटक नै उद्घाटन भएको उक्त तरकारी बजारमा २२ हजार मानिस अट्न सक्ने कुनै स्थान पनि छैन भने मुस्किलले ३०/३५ रोपनी क्षेत्रफलमा रहेको तरकारी बजार पसल कवल र स्टलले भरिभराउ रहेको छ ।

    प्रसाईले २२ हजार मानिस प्रवेश गराउने भनेपछि भक्तपुर जिल्लाका एमालेहरुले नै पत्याएका थिएनन । मुस्किलले २ सय मात्र पार्टी प्रवेश गरेपछि एमाले अध्यक्ष ओली निरास बनेका थिए ।

    उक्त कार्यक्रमलाई भक्तपुर एमालेका शिर्ष नेताले भने महत्व दिएका देखिन्थ्यो । २२ हजार मानिसको पार्टी प्रवेश हेर्न उनीहरु उत्सुक देखिन्थे । तर, झापामा सांसदको टिकट पाउनका लागि आफ्नो प्रभाव देखाउन प्रसाईले भक्तपुरमा गरेको शक्ति प्रदर्शनमा २२ हजार होइन,२२ सय समेत उपस्थिति हुन सकेन । कार्यक्रममा स्थानीय समेत गरी मुस्किलले १ हजार मानिस मात्र उपस्थित रहेका थिए भने करिब २ सयले मात्र पार्टी प्रवेश गरे । उक्त कार्यक्रममा प्रसाईले माओवादी र एकीकृत समाजवादीले एक ठाउँबाट मात्र पनि जिते आफ्नो सारा सम्पति दिने उद्घोष गरे । प्रसाई एमालेका केन्द्रीय सदस्य एवं अध्यक्ष ओलीका प्रिय पात्र हुन् । उनीबिरुद्ध केही समय अघि जिल्ला प्रशासन कार्यालय भक्तपुरमा मानहानीको मुद्दा समेत दर्ता भएको थियो। मध्यपुर थिमीको निकोसेरामा बस्दै आएका प्रसाईले त्यस मुद्दामा भने राजनीतिक दबाबका कारण सफाई पाएका थिए ।

    पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओली, उपाध्यक्ष सुवास नेम्बाङ्ग, भक्तपुरका सांसद एवं पार्टीका पोलिटब्युरो सदस्य महेश बस्नेत, जिल्ला इन्चार्ज सोमप्रसाद मिश्र लगायतले नवप्रवेशीलाई स्वागत गरेका थिए । कार्यक्रमप्रति भक्तपुर एमालेका कतिपय नेताकार्यकर्ता असन्तुष्ट रहेपनि अध्यक्ष ओली नै आउने भएपछि उपस्थित भएका बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...