News Portal

  • गठबन्धनकै कारण भक्तपुरले २ जना प्रदेश मन्त्री पाएको भुल्न हुँदैन : सचिव बस्नेत

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ५ बैशाख २०७९
    ३५२७ पटक
    sushil basnetभक्तपुर, ५ बैशाख २०७९

    गठबन्धनलाई भक्तपुर काँग्रेसले कम आक्न नमिल्ने नेपाली काँग्रेस जिल्ला कार्यसमिति भक्तपुरका सचिव सुशील बस्नेतले बताएका छन् । पाँच दलीय गठबन्धनकै कारण भक्तपुर काँग्रेसले २ मन्त्री पाएको गुन भुल्न नहुने उनले बताएका हुन् ।

    गठबन्धनको केन्द्रीय निर्देशनलाई भक्तपुर काँग्रेसले सकारात्मक रुपमा लिएको जिकिर गर्दै सचिव बस्नेतले भक्तपुरको स्थानीय निर्वाचनमा पाँच दलले संयुक्त मोर्चा बनाएर सहभागी हुने बिश्वास ब्यत गरे । आफ्नो पार्टीका जिल्ला सभापति दुर्लभ थापाको संयोजकत्वमा पाँच दलीय संयन्त्रको कार्यदल समेत गठन गरिएको र त्यसले स्थानीय तहका पदहरु सम्मानजनकरुपमा बाडफाड गर्ने उनको भनाइ छ ।

    ”पाँच दलीय गठबन्धन नबनेको भए बागमती प्रदेशमा भक्तपुर कांग्रेसका नेताद्वय माननीय कृष्णलाल भडेल र माननीय रजनी जोन्छे मन्त्री हुनुहुने थिएन । यो कुरा कोहिपनि काँग्रेसका नेताकार्यकर्ताले भुल्न हुँदैन ।” सचिव बस्नेतले भने । सांसद कृष्णलाल भँडेल प्रदेशको प्रभावशाली मानिएको भौतिक पुर्वाधार मन्त्री रहेका छन् भने जोन्छे बागमती प्रदेश सरकारको उद्योग,बाणिज्य तथा आपूर्ति राज्यमन्त्री रहेकी छन् । उनीहरुले पार्टी र जिलालाकै शान उचो राख्दै प्रदेशको बिकासमा योगदान गरिरहेका सचिव बस्नेतले बताए ।

    गत स्थानीय तहको निर्वाचनमा काँग्रेसले मध्यपुरमा उपमेयर र जिल्लाभर १३ वटा स्थानीय वडा जितेको जानकारी दिंदै उनले त्यसमा आफ्नो पार्टीको दावी रहेको खुलासा समेत गरेका छन् । त्यसैगरी, गत स्थानीय निर्वाचनमा प्रमुख प्रतिष्पर्धीको रुपमा रहेका ठाउँमा समेत  काँग्रेसले दावी नछाड्ने उनले संकेत गरे । पाँच वडामा काँग्रेस निकटतम प्रतिद्वन्दी रहेको थियो ।जिल्लामा ४ नगरपालिका र ३८ वडा रहेका छन् ।

    गत निर्वाचनमा नेकपा (माओवादी केन्द्र) जिल्लामा तेस्रो प्रतिष्पर्धीको रुपमा रहेपनि पदविहीन हुनुपरेको थियो भने नेकपा(एकीकृत समाजवादी) एमालेसंग विभाजित भएकोले उसको मत यकिन भैसकेको अवस्था छैन । गठबन्धनमा एकीकृत समाजवादीले आफूलाई एमाले सरह शक्तिको रुपमा अघि सार्दै आएको छ । गठबन्धनमा नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा रहेका छन् ।

    नेपाली काँग्रेस भक्तपुरका सचिव सुशील बस्नेतले भने गत निर्वाचनको आकारमा केन्द्रीत रहेर भन्दा सबैलाई चित्त बुझ्ने गरी सम्मानजनक ढंगले निर्वाचनमा सहभागी हुने वातावरण बनाइने जानकारी दिए । ”हिजो संगै लडेर प्रतिगमनलाई परास्त गरियो, आज संगै मिलेर संविधान र लोकतन्त्रलाई बलियो बनाउनुछ ।” उनले भने । आफ्नो पार्टीले सभापति थापालाई गठबन्धनसम्बन्धी सम्पूर्ण निर्णयको अधिकार प्रत्यायोजन गरेको प्रष्ट पार्दै सचिव बस्नेतले सभापति थापाले निर्णयको लागि पार्टीमा कसैको मुख ताक्नु पर्ने अवस्था नरहेको दावी गरे ।

    प्रतिकृया दिनुहोस्

    राज सागरको गाजल नलगाऊ सार्वजनिक, टिकटक बिजेतालाई ल्यापटप दिइने

    राज सागरको स्वर र संगीतमा ‘गाजल नलगाऊ’ बोलको गजल सार्वजनिक भएको छ । युट्युबमा सो...

    एनप्याब्सनको लोकनृत्य प्रतियोगितामा पारागन प्रथम, पछिपछि यूनिटी र सरस्वती

    नेसनल प्याव्सन भक्तपुर अन्तर्गतका विद्यालयस्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कमलविनायक स्थित...

    नि:शुल्क सीपमुलक तालीमको अवसर, थिमिस्थित बालप्रेमी माविमा ब्युटिसियनको तालीम हुने

    बागमती प्रदेश सरकारले नि:शुल्क सीपमुलक तालीम दिने भएको छ । बागमती प्रदेश सरकार मातहत रहेको...

    डान्स रियालिटी सो प्रतिभाको आँगनमा बिजेता बनिन् सुकृति श्रेष्ठ

    नमस्ते ख्वप टेलिभिजनको डान्स रियालिटी सो ‘प्रतिभाको आँगन’ मा सुकृति श्रेष्ठ बिजेता बनेकी छन् ।...

    मनाइदै इन्द्रजात्रा, उपत्यकामा सार्वजनिक बिदा

    वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ...