News Portal

  • चाखलाग्दो चाँगुनारायण,गठबन्धनको छुट्टाछुट्टै उम्मेद्वारी

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १२ बैशाख २०७९
    २४७८ पटक
    nareshभक्तपुर, १२ बैशाख २०७९

    चाँगुनारायण नगरपालिकामा प्रत्येक दल छुट्टाछुट्टै मैदानमा उत्रिएका छन् । भक्तपुरको ३ नगरपालिकामा गठबन्धन बनाएको सत्तारुढ गठबन्धनका दलहरुले समेत चाँगुनारायणमा छुट्टा छुट्टै उम्मेद्वारी दिएपछि चाँगुनारायणको चुनाव चाखलाग्दो बनेको छ ।

    चाँगुनारायणमा सत्तारुढ गठबन्धनको प्रमुख घटक नेपाली काँग्रेसका क्षेत्रीय सभापति जीवन खत्रीले मेयरमा उम्मेद्वारी दिएका छन् भने उपमेयरमा सुभद्रा काफ्लेले उम्मेद्वारी दिएकी छन् । अर्को घटक नेकपा (माओवादी केन्द्र)का नगर अध्यक्ष नरेश खड्काले पनि मेयरमा उम्मेद्वारी दिएका छन् भने उनको दलबाट चण्डिका पाण्डे उपमेयरको उम्मेदवार बनेकी छन् । त्यसैगरी अर्को घटक नेकपा(एकीकृत समाजवादी)का नगर अध्यक्ष इश्वर खड्काको पनि मेयरमा उम्मेद्वारी परेको छ । उक्त पार्टीबाट उपमेयरमा दुर्गा खड्काले उम्मेद्वारी दिएकी छन् । यी ३ दलले प्रदेश स्तरीय निर्णय गरेर भक्तपुरका ३ नगरमा पदहरु बाडफाड गरेका थिए भने चाँगुनारायणमा भने सहमती गर्न सकेका थिएनन । जिल्ला र स्थानीय पार्टीले पनि सहमती गर्न नसकेपछि ३ दल छुट्टा छुट्टै चुनावी मैदानमा उत्रिएका हुन् ।

    राप्रपालाई गत उपनिर्वाचनका बेला चाँगुनारायणमा मेयर दिने काँग्रेसले लिखित सहमती नै गरेकोले काँग्रेस सत्तारुढ गठबन्धनमा नजोदिएको बताइएको छ । काँग्रेसले उपप्रमुख प्रस्ताव गरेपनि राप्रपाले मानेन । राप्रपाका सहमहामन्त्री रहेका चाँगुनारायणका नेता रवीन्द्रप्रताप शाहको नेतृत्वमा राप्रपाले उम्मेद्वारी दर्ता गराएपछि गठबन्धन झन् पेचिलो बनेको छ । गठबन्धनका नेताहरुले भने अझै सहमती र सहकार्यको प्रयास जारी राखेका बुझिएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...