News Portal

  • मध्यपुर थिमीमा कांग्रेसको अग्रता

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ३१ बैशाख २०७९
    ९७६ पटक
    भक्तपुर, ३१ बैशाख २०७९

    मध्यपुर थिमि नगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । मध्यपुर थिमिको जारी मतगणनामा वडा नं. १ को १ हजार २ सय मत गणना हुँदा नेपाली कांग्रेसले अग्रता कायम राखेको हो ।                                                                                                                                         नगरप्रमुखमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठले ६ सय३९ मत प्राप्त गरी अग्रता लिएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी निवर्तमान मेयर नेकपा एमालेमा मदनसुन्दर श्रेष्ठले ४ सय ३३ मत प्राप्त गरेका छन्  । उपप्रमुखमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले ४३०, नेकपा एमालेका उत्तरा नेपालले ५१० मत प्राप्त गरेका छन् ।
    त्यस्तै वडाअध्यक्षमा नेपाली कांग्रेसका बाबुकाजी डंगोलले ६०३, नेकपा एमालेका कृष्णकुमार प्याथले ४३६ मत प्राप्त गरेको छ । महिला सदस्यमा कांग्रेसका सरस्वती खड्काले ६०६, नेकपा एमालेका राधा हुमागाईंले ४६७, दलित महिला सदस्यमा कांग्रेसका रिमा परियारले ५५५, एमालेका खुस्बु परियारले ५५५, खुल्ला सदस्यमा कांग्रेसका कान्छाराम द्धारेले ५५७, नेकपा माओवादी केन्द्रमा रमेश तामाङले ३१८, एमालेका श्याम प्रजापतिले ५५७ र सुरेश बुढाथोकीले ४७० मत प्राप्त गरेका छन ।

    प्रतिकृया दिनुहोस्

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...

    शिक्षा विधेयकका लागि सदन र सडकबाट दबाब आवश्यक : प्रचण्ड

    नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय शिक्षा विधेयक पारित गर्न सदन...

    ढाकामा खेलेका नेपाली बक्सिङ्ग खेलाडी र प्रशिक्षकलाई सम्मान

    बंगलादेशको ढाकामा आयोजित जी फाइट साउथ एसियन बक्सिङ्ग च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडी तथा प्रशिक्षकलाई सम्मान...

    रास्वपा भलिवलजस्तै जति थचार्याे उति माथि जाने जिकिर, भक्तपुरमा शनिवार शक्ति प्रदर्शन

    राष्टिय स्वतन्त्र पार्टी भक्तपुरका नेताहरुले पार्टीमाथि सरकारले दमनको नीति लिएको दावी गरेका छन् । पार्टी...