News Portal

  • काँग्रेसका मेयर उम्मेदवार ढुंगेलको वडामा एमाले बिजयी

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३ जेठ २०७९
    ८६२ पटक
    भक्तपुर, ३ जेठ २०७९

    सूर्यविनायकमा नेपाली काँग्रेसका मेयर उम्मेदवार रहेका निशान ढुंगेलको वडामा नेकपा (एमाले)को प्यानल बिजयी बनेको छ । ढुंगेलको वडा सूर्यविनायक ५ मा एमालेको पूरै प्यानल बिजयी बनेको हो ।

    नेपाली काँग्रेसका वडाध्यक्ष उम्मेदवार राजेश तजलाई पछि पार्दै एमालेका उम्मेदवार राजकुमार जोशी निर्वाचित भएका हुन् । उनले १ सय ४० मतान्तर सहित जीत हासिल गरेका छन् । उनी संगै उनको नेतृत्वमा रहेको वडा प्यानल नै निर्वाचित भएको छ ।

    निवर्तमान वडाध्यक्ष समेत रहेका जोशीलाई तजले हराउने विश्वास साथ् अघि बढेको काँग्रेसलाई हारले ठुलो झट्का लागेको छ । यो वडा काँग्रेसको भक्तपुर सभापति दुर्लभ थापाको समेत वडा हो । केहि समय अघि वडा कार्यालय उद्घाटनमा आएका काँग्रेस सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाले एमाले सांसद महेश बस्नेतलाई दुर्लभ थापाले हराउने उद्घोष गर्दा बस्नेतले भने आफू बसेको वडा जितेर देखाउन काँग्रेस सभापति थापालाई चुनौती दिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...