News Portal

  • प्राविधिक शिक्षा प्रदेशलाई हस्तान्तरण देखि स्नातकोत्तरलाई ९० दिन अनिवार्य स्वयंसेवा सम्म

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १५ जेठ २०७९
    ५७७ पटक
    भक्तपुर, १५ जेठ २०७९

    सरकारले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय अन्तर्गत बजेटमा मूख्यत: देहायबमोजिम व्यवस्था गरेको छ ।
    –राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत १ हजार २ सय विद्यालयका लागि प्राविधिक भवन बनाइने ।
    –प्राविधिक शिक्षालाई क्रमशः प्रदेशलाई हस्तान्तरण गरिने ।
    –प्राविधिक शिक्षाको तालिमका लागि ८ अर्ब ३० करोड विनियोजन ।
    –आगामी आर्थिक वर्षमा कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरिने ।
    –डडेल्धुरामा मेडिकल कलेज स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाइनेछ ।
    –मेडिकल कलेजले वर्षमा दुई पटक भर्ना गर्न पाउने व्यवस्था गरिने ।
    –सामुदायिक विद्यालयका विद्यार्थीहरुको निशुल्क स्वास्थ्य जाँचको व्यवस्था गरिने ।
    –युवा साक्षरता अभियान सञ्चालन गरिने ।
    –पढ्दै कमाउँदै कार्यक्रम थप १०० विद्यालयमा विस्तार गरिने ।
    –मावि तह उत्तीर्णलाई न्यूनतम एक सीप सिकाइने ।
    –स्नातकोत्तर विद्यार्थीलाई ९० दिन स्थानीय तहमा अनिवार्य स्वयंसेवा कार्यमा लगाइने ।
    –विद्यार्थीलाई डिजिटल सिकाइ सामग्री उपलब्ध गराइने ।
    –प्रधानाध्यापकका लागि छुट्टै नेतृत्वसुधार तालीम उपलब्ध गराइने ।
    –शिक्षकको क्षमता वृद्धिका लागि छुट्टै कार्यक्रम सञ्चालन गरिने ।
    –प्रधानाध्यापकले ५ लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरिने ।
    –शिक्षक–विद्यालय कर्मचारी दरवन्दी पुनरावलोकन गरिने ।
    –शहीद स्मृति विद्यालयहरुलाई प्राविधिक शिक्षालयमा रुपान्तरण गरिने ।
    –शिक्षक अस्पताल निर्माण अघि बढाइने

    प्रतिकृया दिनुहोस्

    हुण्डी कारोबारको आरोपमा राधेराधेबाट मानिस पक्राउ

    भक्तपुरको मध्यपुर थिमि-९ राधेराधेमा हुण्डी कारोबारको आरोपमा मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको...

    बुद्ध बोलीमा नभई ज्ञानमा र हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बालेनको विचार

    काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) बेलाबखत सामाजिक संजाल तताईरहन्छन । बुधवार पनि उनले सामाजिक संजाल...

    भक्तपुर नगरपालिकामा रोजगारीको अवसर

    bhaktapur municipality

    जिल्लाकै जेठो भक्तपुर नगरपालिकाले कर्मचारी माग गरेको छ । नगरपालिकाले कम्प्युटर अपरेटर, सवारी चालक, हेल्पर...

    सकियो दसैं बिदा, आजबाट सरकारी कार्यालय खुल्ने

    बडा दसैंको सार्वजनिक बिदा सकिएको छ । दसैंमा बन्द सरकारी कार्यालय मंगलबार खुल्ने भएका छन्...

    अरनिको राजमार्गमा ५० किलोको पहिरो पन्छाइयो

    अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । गएराति करिब १० बजेदेखि अवरुद्ध काभ्रे पाँचखाल-८ पचास...