News Portal

  • भक्तपुर नगर कार्यपालिकामा नेमकिपाका उम्मेदवार निर्विरोध

    भक्तपुरपोस्ट संवाददाता १७ जेठ २०७९
    ६२८ पटक
    bhaktapur municipality१७ जेठ २०७९

    भक्तपुर नगरपालिकामा नगर कार्यपालिकाको लागि भएको महिला सदस्य निर्वाचनमा सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । नेमकिपाबाट उम्मेदवार रहेका उनीहरु सबै निर्विरोध निर्वाचित भएका हुन् ।

    निर्वाचित हुनेहरुमा छोरीमैया सुजखु(प्रजापति), कृष्णप्यारी भुजु, सुनिता प्रजापति (अवाल), रन्जना त्वाती र रोशंमैयाँ सुवाल रहेका छन् ।

    नगरपालिका अन्य दलहरुलाई जमानत समेत जोगाउन नदिई नेमकिपाबाट पूरै प्यानल निर्वाचित भएको भक्तपुर नगरमा अन्य दलहरुको कुनै जनप्रतिनिधि नभएका कारण नगर कार्यपालिका सदस्यको निर्वाचनमा उम्मेद्वारी नपरेको हो ।

    नगरपालिकामा निर्वाचित भएका प्रमुख, उपप्रमुख, प्रत्येक वडाका वडाध्यक्षहरुको नगरसभाले आफूहरु मध्येबाट निर्वाचित गरेको ५ जना महिला सदस्यहरु र दलित वा अल्पसंख्यक समुदायबाट नगरसभामा निर्वाचित गरेको ३ जना सदस्यहरु मिलेर नगर कार्यपालिका बन्ने गर्दछ ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...