News Portal

  • भक्तपुरमा मनसुन अभ्यास २ सम्पन्न

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २६ जेठ २०७९
    १००९ पटक
    भक्तपुरभक्तपुर, २६ जेठ २०७९

    बाढी पहिरोको सम्भावित विपदमा उद्धार टोलीले कसरी उद्धार गर्छ भन्ने काल्पनिक प्रदर्शनी भक्तपुरमा प्रदर्शन गरिएको छ । भक्तपुरमा बिहीवार मनसुन अभ्यास २ सम्पन्न भएको हो ।

    जिल्ला प्रशासन कार्यालय भक्तपुरको समन्वयमा नेपाली सेनाको उपत्यका कमान्ड हेडक्वार्टरद्वारा आयोजित उक्त प्रदर्शनीमा जिल्ला स्थित सुरक्षा निकाय, आरएनए १६ लगायतले संयुक्त सहकार्य गरेका थिए ।

    police army bhaktapur

    भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपत्यका कमान्डका उपरथी योगराज शर्मा, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, ७ नं वाहिनीका वाहिनीपति किरण के सी र जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु लगायतले अभ्यासको अभिरुचीपूर्वक अवलोकन गरेका थिए ।

    उक्त अवसरमा अभ्यास मार्फत पानीमा डुबेका मानिसहरुको उद्धार गरी उद्धारकर्ताहरुले क्षमता प्रदर्शन गरेका थिए । कार्यक्रममा जिल्ला स्थित इन्द्रबक्स गणका गणपति श्यामराजा थापा, जिल्ला प्रहरी परिसरका एसपी शिवकुमार श्रेष्ठ, ससस्त्रका जिल्ला प्रमुख नरबहादुर राउत र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख टेकराज तिमल्सिना त्यसैगरी अभ्यासमा सहभागी उद्धारकर्ताहरुलाई प्रमाण पत्रद्वारा प्रोत्साहित गरिएको थियो ।

    nara bahadur raut sp

    विशेष गरी मनसुनका कारण उत्पन्न हुने विपद्को रुपमा रहेको वाढी, पहिरो र डुवानलाई लक्षित उद्धार अभ्यास गरिएको हो । भक्तपुरमा यसपटक गरिएको यस्तो प्रकारको अभ्यास दोश्रो हो । अघिलो वर्ष मनसुन अभ्यास १ सपन्न भएको थियो । यस्ता अभ्यासहरूले उद्धारकर्ताको मनोबल बढ्ने र अभ्यासका क्रममा देखिएका कमजोरीलाई सुधार्न समेत सहयोग मिल्ने अपेक्षा गरिएको सहायक सिडिओ माधवप्रसाद शर्माले जानकारी गराएका छन् । यस्ता अभ्यासले विपदको समयमा तयारी अवस्थामा रहन, जनशक्तिको क्षमता विकास गर्न र संयुक्त सहकार्यमा तत्काल उद्धार गर्न सहयोग पुग्ने सिडिओ रुद्रादेवी शर्माले विश्वास ब्यक्त गरिन् ।

     

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...