News Portal

  • भक्तपुरको चाँगुनारायण केन्द्रविन्दु भएको भूकम्पको ठूलो धक्का

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २८ जेठ २०७९
    ९३४ पटक
    भक्तपुर, २८ जेठ २०७९

    भक्तपुर सहित उपत्यकामा फेरिपनि ठूलो भूकम्पको धक्का महसुस भएको छ । गएराति २:३६ मिनेटमा भूकम्पले उपत्यकालाई नराम्ररी हल्लाएको हो ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्प ४.७ म्याग्नेच्युटको मापन गरिएको छ । भक्तपुरको चाँगुनारायण क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको केन्द्रले जनाएको छ ।

    भूकम्पले मानिसहरुलाई घर बाहिर निस्कन बाध्य बनाएको थियो । यसले ७२ सालको महाभूकम्प सम्झाएको भन्दै मानिसहरु त्रसित बनेका छन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले यो नयाँ नभई गोरखा भूकम्पकै पराकम्पन भएको जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस्

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...

    शिक्षा विधेयकका लागि सदन र सडकबाट दबाब आवश्यक : प्रचण्ड

    नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय शिक्षा विधेयक पारित गर्न सदन...