News Portal

  • प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन आउँदो कात्तिक अन्तिम साता गर्ने तयारी

    भक्तपुर संवाददाताभक्तपुर, ५ असार २०७९
    ६१२ पटक
    भक्तपुर, ५ असार २०७९

    निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि आन्तरिक तयारी थालेको छ । आयोगले आउँदो कात्तिक अन्तिम साता निर्वाचन गर्ने गरी तयारी थालेको हो ।

    आयोग स्रोतका अनुसार सरकारसँग निर्वाचनका लागि अनौपचारिक छलफल भएको छ । कात्तिक अन्तिम साता निर्वाचन गर्ने गरी छलफल भएको एक आयुक्तले जानकारी दिए ।केही दिनमा नै औपचारिक रूपमा मिति प्रस्ताव गर्ने तयारी भइरहेको उनले बताए ।

    आयोग एकै चरणमा निर्वाचन गर्न सकिने निष्कर्षमा पुगेको छ । सोहीअनुसार सरकारलाई प्रस्ताव गरिने उनले जानकारी दिए । एकै चरणमा निर्वाचन गर्दा सुरक्षा चुनौती हुन सक्ने कुरा पनि उठेको छ । उनी भने सुरक्षा चुनौती नहुने दाबी गर्छन् ।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने आयोग निर्वाचनका लागि तम्तयार भएको बताएका छन् । सरकारसँग औपचारिक छलफलपछि मात्र मिति टुंगो लाग्ने उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...