News Portal

  • सुशासनका लागि निरन्तर निगरानी र खबरदारी गर्नुपर्ने भक्तपुरका पत्रकारको निष्कर्ष

    पूजा बस्नेत/ भक्तपुरपोष्टभक्तपुर, ६ असार २०७९
    ८८७ पटक
    भक्तपुर, ६ असार २०७९

    संचार क्षेत्रको निगरानी र खबरदारी बिना स्थानीय सरकारमा सुशासन कायम हुन नसक्ने निष्कर्ष निकालिएको छ । सोमबार भक्तपुरमा सम्पन्न स्थानीय सरकारको सुशासन प्रबर्द्धनमा संचार क्षेत्रको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उक्त निष्कर्ष निकालिएको हो ।

    नेपाल पत्रकार महासंघ भक्तपुर र मानव अधिकार संचार प्रतिष्ठान नेपाल ललितपुरको संयुक्त आयोजनामा राधेराधे स्थित रोयल थाई हस्पिटालिटिमा आयोजित अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव प्रभात चलाउनेले स्थानीय सरकार सुशासनयुक्त हुन आवश्यक मानकहरुबारे प्रष्ट पारेका थिए ।

    स्थानीय सरकार जनताको नजिकको सरकार भएको भन्दै पूर्व सचिव चलाउनेले राजनीतिक आस्थाको आधारमा जनतामाथि सरकारका प्रतिनिधिहरुले विभेद गर्नु नहुने बताए । स्थानीय सरकार जनताप्रति उत्तरदायी र जवाफदेयी हुनुपर्ने आवश्यकता औल्याउदै उनले समावेशीताको आधारमा न्यायपूर्ण समाज निर्माण गर्नु स्थानीय सरकारको दायित्व भएको र त्यसको निगरानी गर्नु पत्रकारको कर्तब्य भएको स्पष्ट पारे ।

    आर्थिक अनुशासन,शासकीय पारदर्शिता र नियमकानुनको पूर्ण पालना भए नभएको बारे जनतालाई सुसूचित गर्ने र सरकारलाई खबरदारी गर्ने कामबाट संचार क्षेत्र बिचलित हुनु नहुने उनले बताए । पूर्व सचिव चलाउनेले समाचार सस्प्रेषण गर्दा मनोगत वा एकांकी नबन्न सल्लाह दिदै जनतालाई केन्द्रमा राखी सन्तुलित सूचना प्रवाह गरी स्थानीय सरकारलाई जनमुखी बनाउनुपर्नेमा जोड दिएका थिए । उनले स्थानीय सरकारका नीति,कार्यक्रम, निर्णय र कार्यहरुले राष्ट्रिय हितमा असर पुर्याउन नदिन पनि संचार क्षेत्र चनाखो हुनुपर्ने बताए ।

    कार्यपत्रमाथि प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव नारायण सुन्दर किलम्बुले टिप्पणी गरेका थिए । सचिव किलम्बुले स्थानीय सरकारहरु नयाँ भएकाले अन्जानमा गल्ती गर्ने वा जानीजानी शासके चरित्र देखाउने प्रवित्ति बारे जानकारी दिदै संविधान र जनताको अधिकार प्रतिकुल हुने स्थानीय कानुनहरु बिरुद्ध संचार क्षेत्रले आवाज उठाउनुपर्नेमा जोड दिए । कतिपय स्थानीय सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रतिकुल कानुन बनाउदा महासंघले सच्याउन लगाएको उदाहरण पेश गर्दै उनले पेशागत क्षेत्रको मात्र नभई जनताको अधिकार रक्षाको जिम्मा समेत संचार क्षेत्रले लिनुपर्ने आवश्यकता औल्याए ।

    पत्रकारहरु सचेत नागरिक समेत भएकाले यस्ताखाले अन्तरक्रियाले पत्रकारका पेशागत दक्षता र क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै सचिव किलम्बुले संघीय संरचनालाई बलियो बनाउन पनि स्थानीय सरकारलाई सुशासनयुक्त बनाउनुपर्ने बताएका थिए ।

    उक्त अवसरमा नेपाल पत्रकार महासंघ भक्तपुरका सल्लाहकार पुष्करराज बुढाथोकीले संचार क्षेत्र रचनात्मक प्रतिपक्ष रहनुपर्ने प्रष्ट पारे भने अर्का सल्लाहकार रमेश गिरीले स्थानीय सरकारका जनप्रतिनिधि भन्दा कर्मचारी भ्रष्ट भएकाले उनीहरुलाई सहि बाटोमा नल्याई सुशासन हुन नसक्ने ठोकुवा गरे ।

    त्यसैगरी संचार केन्द्र नेपालका अध्यक्ष पेशल आचार्यले संचार क्षेत्र कसैको पनि प्रभावमा पर्नु नहुने प्रष्ट पारेका थिए भने पत्रकार कविता थापाले विज्ञापनमा समाचार बेच्न नहुने आवश्यकता औल्याएकी थिइन् । कार्यक्रममा पत्रकार कृष्ण किसि, कृष्ण नेपाल र सुरेशराज सायजू लगायतले भक्तपुरको पत्रकारिताको विकासमा स्थानीय सरकार उदाशीन रहेको उल्लेख गर्दै संचार क्षेत्र बलियो बने मात्रै स्थानीय सरकार जनताको सरकार बन्न सक्ने बताएका थिए ।

    नेपाल पत्रकार महासंघ भक्तपुरका कार्यवाहक अध्यक्ष सुन्दर सिल्पकारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव संजीप घिमिरे शुभचिन्तकले गरेका थिए । कार्यक्रममा उपाध्यक्ष लिला श्रेष्ठले स्वागत मन्तब्य राखेकी थिइन् भने मानव अधिकार संचार प्रतिष्ठान नेपालका कार्यकारी निर्देशक पंकजराज देवकोटाले अन्तरक्रियाको आवश्यकता र औचित्व माथि प्रकाश पारेका थिए ।

    उक्त अवसरमा नेपाल पत्रकार महासंघ भक्तपुरका सल्लाहकार एवं उपत्यका प्रदेशका सचिव अमर भुजु, रफत संचार क्लबका अध्यक्ष सुशील बन्धु थापा लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संयोजन मानव अधिकार संचार प्रतिष्ठानका कार्यक्रम अधिकृत दिपेश बिशुङ्खेले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...