News Portal

  • एन्फाका नवनिर्वाचित पदाधिकारीले आज शपथ ग्रहण गदै

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,८ असार २०७९
    ३३८ पटक
    भक्तपुर,८ असार २०७९

    अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङसहितका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुले आज शपथ ग्रहण गदैछन् । शपथ ग्रहणको कार्यक्रम आज साँझ पाँच बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने एन्फाले जनाएको छ । शपथ लिएकाहरुले आजैबाट कार्यभार सम्हाल्ने छन् ।

    एन्फाको निर्वाचनबाट अध्यक्ष पदमा पंकजविक्रम नेम्वाङ , वरिष्ठ उपाध्यक्षमा विरबहादुर खड्का तथा उपाध्यक्षमा दावा लामा, दीपक खतिवडा, विराटजंग शाही र दुर्गाबहादुर केसी विजयी भएका थिए । महासचिव र कोषाध्यक्ष भने मनोनित हुने व्यवस्था छ । दुई जना केन्द्रीय सदस्य टुंगो लाग्न बाँकी छ । १३ सदस्यीय खुल्लाका लागि ३२ जनाले प्रतिस्पर्धा गरेकोमा दीपक थापा क्षेत्री, दीपेन्द्र धिमाल, रुपेश अधिकारी र लोकेन्द्र गुरुङले समान ३९ मत प्राप्त गरेका थिए । बराबर मत प्राप्त गरेका यी चार जना मध्ये दुई जना केन्द्रीय सदस्य बन्नेछन् ।

    आगामी साधारणसभाबाट दुई जना केन्द्रीय सदस्य चुन्ने एन्फाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...