News Portal

  • सांसद गोसाई वागीश्वरी कलेजको निर्माणाधीन भवन निरीक्षणमा

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, असार १२ २०७९
    ६३७ पटक
    भक्तपुर, असार १२ २०७९

    नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेश सभाका सांसद सुरेन्द्रराज गोसाईले, वागीश्वरी कलेजको निर्माणाधीन भवनको निरीक्षण गरेका छन् । बाग्मती प्रदेश सरकारको ‘प्रदेश पूर्वाधार विकास साझेदार कार्यक्रम २०७८को शिक्षा बजेटबाट रु. ४९ लाख ३० हजारको लागतमा कलेजको भवन निर्माण भइरहेको हो ।

    निरीक्षणको क्रममा उनले कार्यप्रगतिप्रति सन्तोष व्यक्त गर्दै निर्माण सामग्री र निर्माण कार्यको गुणस्तरीयमा विशेष ध्यान दिन सुझाव दिनुका साथै उनले भवन पूरा गर्न थप सहयोगको लागि प्रदेशमा प्रयास भइरहेको पनि जानकारी दिएका छन् ।
    कलेजका प्राचार्य धनकुमार श्रेष्ठ लगायत कलेजका अनुसन्धान व्यवस्थापन एकाइ (आरएमसी) का संयोजक प्रा.डा. सिद्धिवीर कर्माचार्य र कलेज भवन निर्माण उपभोक्ता समितिका सचिव ज्ञानसागर प्रजापतिले स्वागत गर्दै निर्माणाधीन भवन निरीक्षणमा सहजीकरण गरेका थिए ।

    सो अवसरमा सांसद गोसाईसित प्राचार्य श्रेष्ठल,े भवन निर्माण सम्पन्न गर्न अब अन्तिम एक तलामात्र बाँकी रहेको हुँदा थप सहयोगका निम्ति आग्रह गरेका छन् भने उपभोक्ता समितिका सचिव प्रजापतिले निकासा भएको रकमको सम्पूर्ण विल भर्पाई फछ्र्यौटका लागि भ न पामा पेश गरिसकेको जानकारी दिएका छन् । कलेजका लागि प्रदेशको बजेट भक्तपुर नगरपालिकामार्फत निकास हुने गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    राज सागरको गाजल नलगाऊ सार्वजनिक, टिकटक बिजेतालाई ल्यापटप दिइने

    राज सागरको स्वर र संगीतमा ‘गाजल नलगाऊ’ बोलको गजल सार्वजनिक भएको छ । युट्युबमा सो...

    एनप्याब्सनको लोकनृत्य प्रतियोगितामा पारागन प्रथम, पछिपछि यूनिटी र सरस्वती

    नेसनल प्याव्सन भक्तपुर अन्तर्गतका विद्यालयस्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कमलविनायक स्थित...

    नि:शुल्क सीपमुलक तालीमको अवसर, थिमिस्थित बालप्रेमी माविमा ब्युटिसियनको तालीम हुने

    बागमती प्रदेश सरकारले नि:शुल्क सीपमुलक तालीम दिने भएको छ । बागमती प्रदेश सरकार मातहत रहेको...

    डान्स रियालिटी सो प्रतिभाको आँगनमा बिजेता बनिन् सुकृति श्रेष्ठ

    नमस्ते ख्वप टेलिभिजनको डान्स रियालिटी सो ‘प्रतिभाको आँगन’ मा सुकृति श्रेष्ठ बिजेता बनेकी छन् ।...

    मनाइदै इन्द्रजात्रा, उपत्यकामा सार्वजनिक बिदा

    वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ...