News Portal

  • एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक बस्दै

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १३ असार २०७९
    २९३ पटक
    भक्तपुर, १३ असार २०७९

    एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक बस्दैछ । पार्टी गठनपछि केन्द्रीय परिषद् बैठक पहिलोपटक बस्न लागेको हो ।

    मन्त्री फेरबदलको निर्णयपछि केही दिनदेखि आन्तरिक विवाद चुलिएको कारण समाजवादीको परिषद् बैठकलाई चासोका साथ हेरिएको छ । बैठकमा देशभरबाट करिब एक हजार पाँच सय नेता कार्यकर्ता सहभागी हुनेछन् । प्रधानमन्त्री शेरबहादुर देउवाले समाजवादीको सचिवालय निर्णयअनुसार मन्त्रिपरिषद् फेरबदल गरे पनि नवनियुक्त मन्त्रीमाथि आइतबारै बाहिरिएका मन्त्रीको ठूलै असन्तोष देखिएको छ ।

    यसबाहेक बैठकमा पार्टीको देशभरका साङ्गठनिक गतिविधि, स्थानीय तह चुनावको समीक्षा तथा हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएका केही प्रतिवेदनमाथि छलफल हुँदैछ । बैठकले प्रतिनिधिसभा र प्रदेश सभाको आसन्न चुनावलक्षित कार्यक्रममा छलफल गर्ने प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले जानकारी दिए ।

     

    प्रतिकृया दिनुहोस्

    यो सरकार काण्ड खोतल्न होइन, मिलाउन बनेको हो : पूर्व प्रधानमन्त्री प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न...

    काठमाडौंमा माओवादी केन्द्रको खबरदारी सभा

    नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा खबरदारी सभा गरिरहेको छ । सुन्धाराबाट जुलुससहित आएको र्याली प्रदर्शनी...

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान...

    भक्तपुरकी सिडिओ श्रेष्ठको सरुवा

    roshani shreshtha cdo

    भक्तपुरकी सिडिओ रोशनीकुमारी श्रेष्ठको सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रवार उनको सरुवा गरेको हो...

    स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरमा पन्चाङ्ग निर्णय

    Tihar

    यस वर्षको स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरले पन्चाङ्ग निर्णय गरेको छ । भक्तपुर...