भक्तपुर, १८ असार २०७९नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दक्षिण एसियाको साझा मञ्चमा आफूले साझा मुद्राको अवधारणा बारे प्रस्ताव गरेर सबै देशले अध्ययन थालेको बताएका छन् । गभर्नर अधिकारीले एसियामा साझा मुद्राको अवधारणामा जानुपर्ने बताए। उनले नेपालले आफूले गर्नु पर्ने अध्ययन सकिसकेको पनि बताएका छन्।
डिजिटल करेन्सीको प्रविधि निर्माण गर्न निजी क्षेत्रको सहयोग आवश्यक रहने तर यसको विश्वसनियता जोगाउनु चुनौतीपूर्ण रहेको उनको भनाइ छ । यस्तै पछिल्लो समय नोटको कारोबार घट्दै गएको र राष्ट्रबैंकको तथ्यांक अनुसार कात्तिकयता एक खर्बले घटिसकेको जानकारी दिएका छन् ।
गर्भनर अधिकारीले अर्थतन्त्रका बारेमा उद्योगी व्यवसायी राम्रोसँग जानकार रहेको बताउँदै अहिलको अवस्थाबाट मुक्त हुन सबै सचेत हुनुपर्ने पनि बताए । निरन्तर घाटामा भएको भुक्तानी सन्तुलन, चालू खाता घाटा र विदेशी मुद्रामा परेको चापलाई हेरेर मौद्रिक नीतिको तयारीमा केन्द्रीय बैंक रहेको पनि उल्लेख गरे ।