News Portal

  • १ वर्षमा ७ सय फैसला गर्ने भक्तपुरका न्यायाधीश बास्तोलाको कामु प्रधान न्यायाधीशले गरे प्रशंसा

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १९ असार २०७९
    ३४९४ पटक
    गोपाल gopal prasad bastolaभक्तपुर, १९ असार २०७९

    भक्तपुर जिल्ला अदालतको कार्यसम्पादन प्रति कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सन्तोष व्यक्त गरेका छन् । भक्तपुर जिल्ला अदालतको अवलोकन निरीक्षणपछि उनले कार्यसम्पादन प्रति सन्तोष व्यक्त गरेका हुन् ।

    अदालतमा मुद्दा फर्स्योटको अवस्था राम्रो रहेको र सेवाग्राहीमैत्री वातावरण भएको भन्दै अदालत व्यवस्थापनको उनले प्रशंसा पनि गरे । वर्षदिनमा ७ सय बढी मुद्दाको फैसला गरेकोमा कामु प्रधानन्यायाधीश कार्कीले जिल्लाका मुख्य न्यायाधीश गोपालप्रसाद बास्तोलाको खुलेर प्रशंसा गरेका थिए ।

    उक्त अवसरमा कामु प्रधानन्यायाधीश कार्कीले अदालतको गरिमा कायम राख्नुपर्नेमा जोड दिंदै न्यायापालिकाप्रतिको जनताको विश्वासमा वृद्धि गर्नुपर्ने बताए । न्यायसम्पादनमा ढिलासुस्ती हटाउनु पर्ने आवश्यकता औल्याउदै उनले भक्तपुरबाट अरुले सिक्नुपर्ने पनि प्रष्ट पारे ।

    मुख्य न्यायाधिस बास्तोलाको नेतृत्वमा रहेको भक्तपुर जिल्ला अदालतले न्याय पहिलो प्राथमिकता हुनुपर्ने भन्दै न्यायिक गतिविधि गरिरहेको छ । बास्तोलाकै नेतृत्वमा गत स्थानीय निर्वाचन भक्तपुरमा सहज र विश्वसनीय ढंगले सम्पन्न भएको छ । देशैभरमा नगरपालिकाको पहिलो मतपरिणाम भक्तपुरबाट आएको थियो भने जिल्ला समन्वय समितिमा गोलाप्रथाबाट सबै पदाधिकारी निर्वाचित हुदा पनि निर्वाचन परिणामको विषयलाई लिएर कुनै टिकाटिप्पणी सुन्नु नपर्दा निर्वाचन आयोग पनि दंग देखिएको छ ।

    जिल्ला अदालतमा वर्षेनी मुद्दाको चाप बढ्दै गईरहेको छ। खासगरी घर,जग्गा,अंश, सम्पत्ति लेनदेन हककायम जस्ता सम्पत्ति सम्बन्धी मुद्दाहरु बढी दर्ता हुन आउने गरेको अदालतले जनाएको छ ।सामान्य प्रकृतीका बिबादका मुद्दामा मेलमिलाप नै उपयुक्त समाधान भएको भन्दै  जिल्ला अदालतले सकेसम्म मेलमिलाप गराउने उद्देश्यले मेलमिलापको लागि पहल गर्दै आएको छ भने जघन्य अपराधलाई निरुत्साहित गर्नेगरी फैसलामा जोड दिएको बताइएको छ । हाल यस अदालतमा मुख्य न्यायाधिस बास्तोला सहित ५ जना न्यायाधिस रहेका छन् भने करिब ७० जना कर्मचारी कार्यरत छन् ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...