वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक लिलाप्रसाद शर्माले बजार मूल्यवद्धि नियन्त्रण भन्दा बाहिर गइहेको बताएका छन् ।
वाणिज्य मन्त्रालयको निर्देशन अनुसार देशभर एकसाथ, एकै समय बजार अनुगमन गरिएको विषयमा जानकारी दिँदै उनले यस्तो बताएका हुन्। देशैभर एकसाथ एकै समयमा अनुगमन गर्दा विदेशीबाट नै सामानको मूल्य वृद्धि बढेर आएको देखिएकाले बजारको मूल्यवृद्धि सरकारको नियन्त्रण भन्दा बाहिर रहेको पाइएको शर्माले बताए ।
देशव्यापी रुपमा असार १७ गते एकसाथ, एक समय, देशैभर बजार अनुगमन सम्पन गरिएको छ । आगामी दिनमा यस्तो अनुगमनको निरन्तरता रहने विभागले जनाएको छ ।